Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआमाबुबाको मृत्युपछि सहारा खोज्दै चार टुहुरा बालबालिका

आमाबुबाको मृत्युपछि सहारा खोज्दै चार टुहुरा बालबालिका


सुवास बस्नेत
बाबुले आत्महत्या गरको एक वर्ष नबित्दै आमाको पनि उपचारको क्रममा बुधबार मृत्यु भएपछि ४ जना बालबालिका टुहुरा बनेका छन् । स्वास्थ्यमा समस्या आएपछि सामुदायिक अस्पताल भर्ना भएकी कालिन्चोक गाउँपालिका वडा नम्बर १ कि ३८ वर्षीया अमृता थामीको मृत्यु भएपछि उनका ४ बच्चाको विचल्ली भएको हो ।

मृतक थामीका श्रीमान्ले गतवर्ष आत्महत्या गरेपछि आफ्नो बालबालिकाको पालनपोषणका लागि थामी होटलमा काम गर्दै आएकी थिइन् । आमा र बुबा दुवैको मृत्यु भएपछि ४ बालबालिकाको विचल्ली भएको छिमेकी मैया थामिले बताइन् । बेसहारा बनेका बालबालिकालाई सहयोग गर्न सबैसामु सहयोगको अपिल गरिएको कालिन्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामीले बताए ।

थामीको मृत्यु भएपछि स्थानीय प्रहरी प्रशासनसँगको समन्वयमा प्राथमिक स्वास्थ्य केन्द्र चरीकोटको शवगृहमा बुधबार नै शव पठाइएको थियो । आफन्तको अनुपस्थितिमा मृतकको शव शवगृहमा पठाइएको भन्दै बिहीबार केहीबेर अस्पताल परिसरमा तनाव सिर्जना समेत भएको थियो ।

थामीको मृत्यु प्रकरणमा अस्पताल निर्दोष रहेको पाइएकाले आफन्तले शव बुझेको सामुदायिक अस्पताल चरीकोटका सञ्चालक अमृत बुढाथोकीले जानकारी दिए । मृतकको श्रीमान्को यसअघि नै मृत्यु भइसकेको र छोराछोरी सानै उमेरको रहेकाले अस्पतालले अन्तिम संस्कारका लागी १५ हजार रूपैयाँ सहयोग गरेको उनले बताए ।

यस्तै मृतककी १४ वर्षीया जेठी छोरीको उच्च शिक्षामा पनि अस्पतालले सघाउने उनले बताए । मृतक थामीकी जेठी छोरी १४, माइली छोरी ९ र कान्छी छोरी ७ वर्षकी छिन् । यस्तै उनको २ वर्षीया छोरा छन् । दुई आमाबुबा गुमाएका बालबालिकालाई पत्रकार गोकर्णप्रसाद भण्डारीको पहलमा विभिन्न व्यक्तिले सहयोगसमेत गर्न थालेका छन् । हालसम्म उनीहरूलाई ५७ हजार रूपैयाँ सहयोग जुटेको छ ।आर्थिक दैनिकबाट


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x