Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेटल उद्योगका कच्चा पदार्थ सोया आयलका उद्योगीलाई आयात गर्न दिन मन्त्री दुगड नै सक्रिय

मेटल उद्योगका कच्चा पदार्थ सोया आयलका उद्योगीलाई आयात गर्न दिन मन्त्री दुगड नै सक्रिय


बिराटनगर,भदौ १९
कोभिड १९ का कारण छ महिनादेखि संकटग्रस्त अवस्थामा रहेका सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरू सरकारकै अकर्मण्यताबाट पुनः बन्द हुने अवस्थामा पुगेका छन् ।

सुनसरी मोरङ औद्योगिक करिडोरदेखि वीरगञ्ज औद्योगिक करिडोरमा सञ्चालित मेटल उद्योगहरू पाम आयलको भारत निकासी खुला रहेको अवस्थामा निर्बाधरूपमा सञ्चालनमा रहेका थिए । तर भारत सरकारले नेपालबाट निर्यात हुने पाम आयल बन्द गरेसँगै मेटल उद्योग पनि बन्द अवस्थामा पुगेका थिए । तर केही समयदेखि नेपाली उद्योगीहरूले सोयाबिन आयलको निर्यात भारतमा गर्न थालेसँगै बन्द अवस्थामा रहेका ती मेटल उद्योग पनि जेनतेन चल्दै आएका छन् ।

अहिले जेनतेन सञ्चालनमा रहेका मेटल उद्योगहरूले प्रयोग गर्ने कच्चा पदार्थ पछिल्लो समय आएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकै अगुवाइमा सोयाबिन आयलका उद्योगीहरूले आफूले प्रयोग गर्नेजस्ता आफैँ आपूर्ति गर्न पाउनुपर्ने भन्दै लबिङ गर्न थालेपछि सीमित चलेका मेटल उद्योगहरू पुनः बन्द हुने अवस्थामा पुगेको उद्योगीहरूले बताउन थालेका छन् ।

सुनसरी मोरङ औद्योगिक करिडोर र वीरगञ्ज औद्योगिक करिडोरमा सीमित सञ्चालनमा रहेका मेटल उद्योगहरूले भारतबाट आयात गर्दै आएको टिना बनाउन प्रयोग गरिनेजस्ता सोयाबिन आयल उत्पादन गर्दै आएका उद्योगी आफैँले आयात गर्न थालेपछि त्यस्ता टिना उद्योगहरू बन्द अवस्थामा पुगेका हुन् । करिब २ महिना अघिदेखी विरगञ्ज भन्सारमा सोयाबिन आयलका उद्योगीले आयात गरेको जस्ता आर्थिक नियमावलीविपरीत आयात भएको भन्दै वीरगञ्ज भन्सारमा नै अड्किएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफँै सक्रिय भएर उक्त जस्ता छुटाउन लागिपरेको दाबी उद्योगी तथा व्यवसायीले गर्न थालेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगढ आफैँ एक उद्योगी भएको हुँदा उनकै पहलमा दुई महिनादेखि वीरगञ्ज भन्सारमा रोकिएको जस्ता भन्सार पास हुनेक्रममा रहेको भन्सारको कर्मचारीस्रोतले जानकारी दिएका छन् । उनीहरूका अनुसार भन्सार विभागले उक्त जस्ता छोड्ने परिपत्र गरेमा भन्सार कार्यालयले छोड्न बाध्य हुने जानकारी पनि भन्सार कर्मचारीले दिएका छन् ।

सोयाबिन आयलका उद्योगीहरूले वीरगञ्ज भन्सार नाकाको प्रयोग गरी नेपाल आयात गरेको जस्ता ठूलो परिमाणमा वीरगञ्ज भन्सारमा नै रहेको उद्योगीहरूले बताएका छन् । उक्त जस्ता नेपाल आयात भएमा जेनतेन सञ्चालनमा रहेका नेपालका मेटल उद्योगहरू धराशायी हुने भन्दै वीरगञ्जमा केडिया समूहले सञ्चालन गर्दै आएको साइ मेटल उद्योगले जस्ता आयात रोक्न वीरगञ्ज उद्योग वाणिज्य संघलाई पत्राचार गरिसकेको कुरा मेटल उद्योगीले जानाकरी दिएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले पनि साइ मेटल उद्योगको पत्रलाई आधार मानेर उद्योग वाणिज्य मन्त्रालयका सचिवलाई ०७७ साल साउन २ गते नै उक्त जस्ता नेपाल आउनबाट रोक्न अनुरोध गरिसकेको जानकारी मेटल उद्योगीले गराएका छन् । तर उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगढको कडा निर्देशनपश्चात् वाणिज्य सचिवले भन्सार विभागलाई पत्र लेखी सोयाबिन आयलका उद्योगीले आयात गरेको ठूलो परिमाणको जस्ता वीरगञ्ज भन्सारले छोड्न लागेको कुरा मेटल उद्योगीले बताएका छन् ।

सोयाबिन आयलका उद्योगीको लबिङमा मन्त्री आफँै सक्रिए भएर उद्योगीको जस्ता छुटाउन लागिपरेकोमा मेटल उद्योगीहरूले आश्चार्य समेत व्यक्त गरेका छन् । यसरी सरकारका मन्त्री आफैँ सक्रिय भई आर्थिक नियमावली प्रतिकूल हुनेगरी सोयाबिन आयलका उद्योगी आफैँँले जस्ता नेपाल भित्र्याउन सक्रिय भूमिका खेल्नु दुर्भाग्य भएको हुँदा मन्त्रीसमेत जस्ता आयात प्रकरणमा मुछिन पुगेका छन् । सुनसरी मोरङ औद्योगिक करिडोरदेखि वीरगञ्ज औद्योगिक करिडोरमा सञ्चालित सीमित मेटल उद्योगहरू पनि धराशायी हुने कुरा उद्योगीहरूले बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x