Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेलुङ गाउँपालिकाको खानेपानी आयोजनाको विषयमा प्रदर्शन

मेलुङ गाउँपालिकाको खानेपानी आयोजनाको विषयमा प्रदर्शन


सुबास बस्नेत

नेपाली काँग्रेस का भातृसंगठनहरु नेपाल तरुणदल तथा नविसंघले मेलुङ घट्नाको विरोधमा शनिवार सदरमुकाम चरिकोटमा प्रदर्शन गरेको छ । प्रदर्शनमा पानीमाग्न जाने सर्वसाधारणलाइ मुद्दा चलाउने अध्यक्ष नरवहादुर श्रष्ठको पुत्ला समेत दहन गरिएको थियो । विरोध प्रदर्शन पछि आयोति कोण सभामा नेपाली काँग्रेस दोलखाका नेता बर्मालामाले भ्रष्टाचारको चास्नीमा चुर्लुम्म डुवेका दोलखाका कम्युनिष्ट निर्वाच स्थानीयतहका प्रमुखहरु आफूलाई राजा महाराजा ठान्दै न्यायिक माग राख्ने सर्व साधारण उपभोक्तालाई मुद्दा लगाई जनताको मुख थुन्न उद्दत भइरहेको बताए ।

मेलुङ गाउँपालिकाकै स्थायी वासिन्दा समेत रहेका नेता लामाले जनताले आफ्नो जायज माग राख्न जाँदा जनतालाईनैं दुब्र्यवहार गर्ने अध्यक्ष नर श्रेष्ठले स्थानीय उपभोक्तालाई लगाएको मुद्दा भोली सम्म फिर्ता नलिएमा स्थानीय जनता गाउँपालिका अध्यक्षलाई पालिका प्रबेश गर्न रोक्ने सम्मको आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।यस्तै नेपाल विद्यार्थी महासंघका पूर्व महामन्त्री कुन्दन राज काफ्लले राणा तथा राजाले दमन गर्न नसकेको जनताका न्यायिक आवाज अहिले का कम्युनिष्टका स्थानिय तहका छोटेमहाराज हरुले थुन्न नसक्ने बताए । कस्ले निवार्वचनमा कहाँ मतदान गर्यो त्यो ठूलो कुरा नभएको तर नेपाली काँग्रेस सँधै न्यायका पक्षमा संघर्ष गर्ने पार्टी भएकोले सँधै जनताका पक्षमा रहने उनले बताए ।

खानेपानी माग्न गएका निर्दोष हरुलाई पुलिस प्रशासन लगाई मुद्दा लगाउने हर्कत नगर्न उनले चेतावनी दिए । मेलुङ गाउँ पालिकाको अरले खानेपानी योजनाको बजेट रमान्तर गर्ने उद्देश्यकासाथ अध्यक्ष नर श्रेष्ठले वडा नम्बर ४ का वडा अध्यक्ष छत्रबहादुर तामाङ लाई समेत पत्तै नदिई अन्यत्र खानेपानी को सर्भे गर्न निर्देशन दिएपछि भदौ १८ गते विरोध पत्र बुझाउन गएका उपभोक्ता मध्ये प्रहरी प्रशासन लगाई राजनैतिक प्रतिशोध स्वरुप ५ जनालाई थुनामा राख्न लगाई अध्यक्ष श्रेष्ठले मुद्दा दायर गरेको नेपाली काँग्रेस मेलुङ गाउँपालिकाले बताएको छ ।स्थानीय विवादलाई स्थानीयस्तरमै समाधान गर्न आग्रह गरिएपनि अध्यक्ष श्रेष्ठको दम्भका कारण राप्रपाका केन्द्रीय सदस्य सहित उपभोक्तालाई मुद्दा लगाईएको छ । अध्यक्ष श्रेष्ठले शुक्रवार जिल्ला प्रहरी कार्यालय दोलखामा उपभोक्ता विरुद्ध सरकारी कामकाजमा बाधाअवरोध पुर्याएको मुद्दा दर्ता गरेको बुझिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x