असहज परिस्थितिमा पनि आए चार मुलुकका विदेशी लगानीकर्ता
काठमाडौं, भदौ २१
कोभिडका कारण उत्पन्न परिस्थितिका बाबजुद पनि चार मुलुलकका लगानीकर्ताहरु नेपालको उद्योग क्षेत्रमा लगानी गर्न आएका छन् । यसरी आउनेमा भारत, चीन, दक्षिण कोरिया र बेलायतका लगानीकर्ता छन् । चारमध्ये तीनवटा मुलुकका अर्थात् दक्षिण कोरियाका लगानीकर्ता तथा व्यवसायीहरुबाहेकले नेपालको उद्योग क्षेत्रमा लगानी गरी लाभांश समेत लगेका छन् ।
राष्ट्र बैंकका अनुसार भारत, चीन र बेलायतका लगानीकर्ताले नेपालको उद्योग क्षेत्रमा गत आर्थिक वर्ष (२०७६/०७७) मात्रै अर्बौँ तथा करोडौँ रकम लाभांश लगेका छन् । उद्योग विभागका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा लगानीकर्ता स्वयं नेपाल आउन नसक्ने भएकाले उनीहरुले नेपालस्थित आफ्ना प्रतिनिधिहरुमार्फत नेपालको उद्योगमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्र्याएका हुन् ।
चालू आर्थिक वर्ष (२०७७/०७८) को करिब डेढ महिनाको अवधि (हालसम्म) उनीहरुले नेपालमा विभिन्न प्रकारका ३३ वटा उद्योग स्थापना गर्ने भन्दै छ अर्ब २१ करोड ३५ लाख रुपैयाँ विभागसमक्ष लगानी प्रतिबद्धता जनाएको बताएको छ ।
यसरी मुलुकको उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता जनाउने क्रममा चिनियाँ व्यवसायीहरुले २८ वटा उद्योग स्थापना गर्ने भन्दै पाँच अर्ब ९० करोड ८० लाख, भारतीय व्यवसायीहरुले दुईवटा उद्योग स्थापना गर्ने भन्दै १५ करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसैगरी बेलायतका व्यवसायीहरुले दुईवटा उद्योगका लागि १० करोड ५५ लाख र दक्षिण कोरियाका व्यवसायीहरुले एउटा उद्योगका लागि पाँच करोड लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग स्थापनासँगै उनीहरुले एक हजार पाँच सय ८१ जनालाई रोजगारी दिने समेत बताएका छन् ।
उनीहरुले उत्पादनमूलक, सेवा र पर्यटनमूलक उद्योगमा उक्त लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् । गत आवमा भारतीय व्यवसायीले नेपालको उद्योग क्षेत्रबाट आठ अर्ब १४ करोड ७७ लाख, चीन (हङकङ)का व्यवसायीले ९९ लाख ९० हजार, बेलायतका व्यवसायीले ५८ करोड ८० लाख ७७ हजार लाभांश लगेका थिए । विभागका अधिकारीहरु कोभिडका कारण उत्पन्न परिस्थितिको कारण उद्योग क्षेत्रमा गत वर्षहरुमा झैँ विदेशी लगानीकर्ता तथा लगानी रकम नआउने बताउँदै उनीहरुले लैजाने लाभांशमा समेत कमी आउने बताउँछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया