प्रदेश नं. २ मा कोरोनाको कारण मृत्यु हुनेको संख्या सय पुग्यो
बटुकनाथ झा
जनकपुरधाम, भदौ २१
कोरोना संक्रमणबाट प्रदेश २ मा एक सय जनाको मृत्यु भएको छ । शनिबार पर्सा जिल्लामा दुई जनाको मृत्यु भएसँगै यस प्रदेशमा कोरोनाको कारण मृत्यु हुनेको संख्या एक सय पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
कोरोनाका कारण शनिबार पर्सा जिल्लाको पकहा मैनपुर गाउँपालिका वडा नं. २ का ७५ वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगरका ७७ वर्षीय पुरुषको मृत्यु भएको झाले बताए । देशभर दुई सय ८० जनाको मृत्यु भएकोमा प्रदेश २ मा मात्र एक सय जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश बढी उमेर र दीर्घ रोगी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ३८ जनाको मृत्यु भएको छ । त्यस्तै बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सिरहा र सप्तरीमा आठ/आठ, रौतहटमा पाँच, सर्लाहीमा तीन र एक भारतीय नागरिकको धनुषामै कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रदेश २ मा हालसम्म कुल एक लाख चार हजार ५८ जनाको स्वाब संकलन गरिएकोमा ११ हजार ६१ जनाको रिपोर्ट पोजेटिभ, ८८ हजार दुई सय ५२ जनाको नेगेटिभ, एक सय जनाको मृत्यु र चार हजार सात सय ४५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया