Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेल आजियाटाको एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’

एनसेल आजियाटाको एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’


काठमाडौं, भदौ २१
एनसेल आजियाटा लिमिटेडले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र एक रुपैयाँमा प्रिपेड सिमको खरिदका साथै निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको फाइदा लिन सक्छन् ।

यो योजना गत बिहीबारदेखि लागू भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो सिम लिनका लागि विद्यार्थीको एसईई परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफूलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् ।

सिम लिएपछि निःशुल्क माइफाइभ सेवाका लागि आफूलाई सधैं सम्पर्कमा रहिरहनुपर्ने पाँचवटा एनसेलहरु सजिलैसँग माइफाइभ समूहमा सेट गर्न सकिन्छ । नम्बरहरु माइफाइभ समूहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा निःशुल्क कुराकानी गर्न सक्छन् । ३० दिनपछि पनि विद्यार्थीहरुले ती नम्बरहरुमा मात्र ९९ पैसामा प्रतिमिनेटमा बाँकी ११ महिनासम्म कुराकानी गर्नसक्ने कम्पनीले जनाएको छ ।

विद्यार्थीहरुले एस्ट्रिक्स५५४४ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफू सधैँ सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माइफाइभ समूहमा राख्न सक्छन् । माइफाइभ सेवाको समूहमा पाँचवटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको करबाहेक पाँच रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

पहिलो सिम सुचारु गरेपछि सुचारु गरेको पहिलो दिनको मध्यरातसम्म एक सय रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ग्राहकले ३० दिनसम्म हरेक दिन एक सय एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् । यसका साथै, यस सिमको मेन ब्यालेन्सबाट गरिएको हरेक एक सय रुपैयाँबराबरको खर्चमा ग्राहकले तीन दिनको समयसीमा रहेको तीन सय एमबी (एक सय एमबी अल नेटवर्क र दुई सय एमबी फोरजी डेटा) बोनस डेटा प्राप्त गर्नेछन् । पहिलो सिमअन्तर्गतको यो ब्यालेन्स खर्चमा बोनस सुविधा १२ महिनाको लागि रहनेछ ।

एसईई सकेका विधार्थीका लागि सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न यस पहिलो सिम योजनालाई निरन्तरता दिन पाएकोमा एनसेल आजियाटा निकै खुसी रहेको कम्पनीले जनाएको छ । हाल विभिन्न जिल्लामा स्थानीय प्रशासनद्वारा कोरोना भाइसको संक्रमण फैलिन नदिन र यसको रोकथामका लागि निषेधाज्ञा जारी गरेको हुनाले सिम लिनको लागि पहिले आफ्नो नजिकैको एनसेल सेन्टर खुल्ला रहे/नरहेको बुझेर मात्र सिम लिनको लागि सतर्कता तथा सुरक्षा मापढण्ड अपनाई एनसेल सेन्टरमा जान कम्पनीले अनुरोध गरेको छ ।

विद्यार्थीले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी डेटा प्याक तथा एस्ट्रिक्स१७११८ह्यास डायल गरी भ्वाइस प्याक खरिद गर्न सक्छन् । त्यस्तै, म्युजिक र गेमिङ प्याकको लागि पनि विभिन्न अप्सनहरु रहेका छन् । ग्राहकले एस्ट्रिक्स१७१०३ह्यास डायल गरी आफ्नो आवश्यकताअनुसारको प्याक खरिद गर्न सक्छन् । विगत चार वर्षदेखि हरेक वर्ष एनसेल आजियाटाले यो अफर एसईई विद्यार्थीका लागि प्रदान गर्दै आएको जनाएको छ । यो योजना सुचारु भएको दिनदेखि ९० दिनको लागि मान्य रहने कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x