Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा एकै दिनमा अहिलेसम्मकै धेरै ८६ हजार संक्रमित

भारतमा एकै दिनमा अहिलेसम्मकै धेरै ८६ हजार संक्रमित


नयाँ दिल्ली, भदौ २१
कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार चार सय ३२ जना कोरोनाभाइरसबाट संक्रमित भएका हुन् ।

योसँगै भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या ४० लाखभन्दा बढी पुगेको अधिकारीहरुको भनाई छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरी कुल ४० लाख २३ हजार एक सय ७९ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या ६९ हजार पाँच सय ६१ पुगेको छ । तीमध्ये एक हजार ८९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । भारतमा कोरोनाभाइरसबाट कुल संक्रमित भएकाहरुमध्ये ३१ लाख सात हजार दुई सय २३ जना अहिले संक्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरी अरु आठ लाख ८६ हजार तीन सय ९५ जना भने अझै पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म देशभर चार करोड ७७ लाख जनाको कोरोना परीक्षण गरिएको छ भने परीक्षणको क्रम अझै पनि जारी नै रहेको छ । (रासस/एएनआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x