अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई चीनको आग्रह
बेइजिड., भदौ २१
चीनले कम्तीमा पनि अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई आग्रह गरेको छ । चिनियाँ राजधानी बेइजिङमा शुक्रबार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुवा चुविङले सो आग्रह गरेका हुन् ।
सिन्ह्वाका अनुसार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन अर्टेगसले हालै विश्व स्वास्थ्य संगठनका बारेमा दिएको प्रतिक्रियापछि चीनका देशमन्त्रालयका प्रवक्ताको यो भनाइ आएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन अर्टेगसले हालै विश्व स्वास्थ्य संगठनसँग अमेरिकी सम्बन्ध तथा सहयोग घटाउँदै लैजाने र अर्काे लटमा त्यस विषयमा अमेरिकाको थप निर्णय आउने बताएका थिए ।
पत्रकार सम्मेलनका क्रममा यसै विषयमा आएको प्रश्नको जवाफ दिँदै प्रवक्ता हुवाले सो धारणा राखेका हुन् । उनले भनेका थिए, ‘अमेरिकाले कम्तीमा पनि अन्तर्राष्ट्रिय दायित्वहरुलाई बुझ्न सक्नुपर्छ र त्यसको पालना पनि गर्नुपर्छ ।’ विश्व कोभिड १९को महामारीमा फसेका बेला हरेक देशले यो महामारीको अन्त्यका लागि आवश्यक रुपमा मिलेर काम गर्नुपर्ने प्रवक्ता हुवाको भनाइ थियो ।
यस अवस्थामा विश्व स्वास्थ्य संगठनसँगको संलग्नता या अरु कुनै पनि विषयमा बेमेल राखेर नभएर मिलेर र समन्वय गरेर काम गर्नुपर्नेमा उहाँले जोड दिएका छन् । हालैका केही समययता अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सम्बन्धलाई नै तोडिदिएको छ ।
अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहायताको काम पनि रोकेको छ । जसले गर्दा उक्त संगठन आर्थिक समस्यामा पनि फस्नसक्ने देखिएको विश्लेषण गर्न थालिएका समाचारहरु आइरहेका बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया