Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारछ अमेरिकी राष्ट्रपतिसँग काम गरेका विश्व बैंकका पूर्वप्रमुख भन्छन्–विश्व फेरि सन् १९०० कै अवस्थामा फर्किन सक्छ

छ अमेरिकी राष्ट्रपतिसँग काम गरेका विश्व बैंकका पूर्वप्रमुख भन्छन्–विश्व फेरि सन् १९०० कै अवस्थामा फर्किन सक्छ


लन्डन, भदौ २१
विश्व बैंकका पूर्वप्रमुख रोबर्ट जोयलिकले विश्वका राष्ट्रहरुले एकजुट भएर वर्तमान कोरोना महामारीमा सहकार्य नगरे विश्व सन् १९०० कै अवस्थामा पुग्नसक्ने चेतावनी दिएका छन् । विश्व अर्थतन्त्र पुनरुत्थानमा अमेरिका र चीनबीचको तनाव बाधक रहेको समेत उनले बताएको बीबीसीले जनाएका छन् ।

जोयलिक अमेरिकाकै वरिष्ठ सार्वजनिक अधिकारीमध्येका एक हुन् । उनले छ जना अमेरिकी राष्ट्रपतिलाई आफ्नो सेवा अवधिमा सल्लाह दिइसकेका छन् । विश्व अर्थतन्त्र जोगाउन सबै देशहरुबीचको सहकार्य निर्विकल्प भएको उनको भनाइ छ । खासगरी विश्वका ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको तनाव खतरनाक भएको उनले बताएका छन् ।

बीबीसीको एसिया बिजनेस रिपोर्टसँगको कुराकानीमा जोयलिकले आफ्नो धारणा राखेको बताइएको छ । विश्वव्यापीकरण छोडेर देशहरु आफ्नै राष्ट्रिय स्वार्थमा केन्द्रित हुने अवस्थामा अहिले पनि विश्व सन् १९०० कै अवस्थामा पुग्नसक्ने उनको भनाइ छ ।

जोयलिकले सन् २००७ देखि २०१२ सम्म विश्व बैंकको प्रमुख रहेका थिए । उनी प्रमुख हुँद विश्व वित्तीय संकटमा थियो । तर संस्थाको प्रमुखको रुपमा उनले त्यतिबेला अन्तर्राष्ट्रिय मुद्राकोष र राष्ट्रहरुका सरकारसँग मिलेर वित्तीय संकट समाधानमा भूमिका खेलेका थिए ।

त्यस्तै जोयलिकले विश्व अर्थतन्त्रमा क्षति पुग्नुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कारण मानेका छन् । उनले दुई रिपब्लिकन राष्ट्रपतिहरु जर्ज डब्ल्यू बुस र जर्ज एचडब्ल्यू बुससँग पनि काम गरेका थिए । तर अहिलेका रिपब्लिक राष्ट्रपति आफूलाई मन नपरेको उनले बताएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x