नेपाल सौर्य विद्युत् उत्पादक संघको अध्यक्षमा खनाल
काठमाडौं, पुस ९
नेपाल सौर्य विद्युत् उत्पादक संघको अध्यक्षमा इन्द्र खनाल निर्वाचित भएका छन् । संघको १९औँ वार्षिक साधारणसभाबाट खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै संघको कार्यसमितिमा निवर्तमान अध्यक्ष किरण गौतम, वरिष्ठ उपाध्यक्षमा प्रकाशविक्रम बस्नेत, प्रथम उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, द्वितीय उपाध्यक्षमा रुद्रबहादुर पुन, महासचिवमा भरतकुमार मल्ल, सचिवमा केशवप्रसाद दाहाल र कोषाध्यक्षमा दिपक गौतम निर्वाचित भएका छन् भने कार्यकारी सदस्यहरुमा श्रीधर भण्डारी, इन्द्रराज सुवेदी, अरुण गिरी, नेत्रप्रसाद ज्ञवाली, राजेन्द्र बम, तुफेल अहमद खाँ, ज्ञानु शाह, नवीनकुमार शाही र केशवराज शर्मा चयन भएका छन् । यसअघि चितवनको सौराहामा सम्पन्न साधारणसभाको उद्घाटन समारोहमा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले मुलुक ऊर्जा निर्भरताका लागि अघि बढदै बढेको र सौर्य ऊर्जा प्रमुख श्रोतको रुपमा स्थापित हुँदै गएको बताए ।
उनले सरकारको ‘समृद्ध नेपालः सुखी नेपाली’को लक्ष्य हासिल गर्न सबैका लागि दिगो ऊर्जा, दिगो विकास लक्ष्य, हरेक घरःऊर्जा घर, हरेक बस्ती ऊर्जा बस्ती जस्ता लक्ष्य प्राप्तिका लागि योजनाहरु तर्जुमा गरिएको उल्लेख गरे । पूर्वमन्त्री गणेश साहले कृषि तथा उद्योगधन्दा विकास गर्दै मुलुकको आर्थिक विकास गर्न नवीकरणीय ऊर्जाका प्रविधिहरु कुशलतापूर्वक परिचालन गर्नुपर्नेमा जोड दिए । ऊर्जा, जलश्रोत तथा सिँचाइ मनत्रालयका सचिव दिनेशकुमार घिमिरेले निजी क्षेत्रका समस्याहरु समाधान गर्न र कार्य सहजताका लागि सरकार सरकारात्मक रहेको बताए ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले निजी क्षेत्रको सहयोगमा सरकारले नवीकरणीय ऊर्जा प्रविधि उपयोग गर्दै देशका विकट र दुर्गम क्षेत्रका बासिन्दालाई स्वच्छ ऊर्जा उपलब्ध गराउन सफल रहेको बताए । ऊर्जा आवश्यकता र उपादेयताको आकार बदलिएको परिप्रेक्ष्यमा संघीय सरकार, प्रादेशिक सरकारहरु र स्थानीय सरकारहरुका साथ निजी क्षेत्रलाई समन्वय गर्न र सशक्तीकरण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिँदै आएको उनको भनाई थियो ।
संघका अध्यक्ष किरण गौतमले सौर्य विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने ठूला आयोजनाहरु, घर कौसीमा राखिएका सौर्य विद्युत् प्रणालीहरुबाट उत्पादित बिजुली नेटमिटरिंङ गर्दै मिश्रित ऊर्जाको अवधारणा अघि बढाइएको भएपनि कार्यान्वयन सुस्त रेहकाले सरकार र सरोकारवाला निकायहरुले तदारुकताका लागि पुनर्विचार गर्न आग्रह गरे । नेपाल नवीकरणीय उर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले नवीकरणीय ऊर्जा प्रविधिको उपयोग गर्न जनताको हित र लाभका लागि कृषि नीति, औद्योगिक नीति, लगानी व्यवस्थापनका आर्थिक नीति चुस्त दुरुस्त र निजी क्षेत्रमैत्री बनाउनुपर्नेमा जोड दिए ।
नेपालमा सौर्य विद्युत प्रणाली विकास एवं प्रवर्द्धनका लागि आरम्भकालदेखि अतुलनीय योगदान गरेका स्व. युगरत्न ताम्राकारको योगदान चिरस्मरणीय तुल्याउन सङ्घले प्रकाशन गरेको ‘युगरत्न स्मृति ग्रन्थ’को पनि सो अवसरमा विमोचन पनि गरिएको थियो । उक्त स्मृतिग्रन्थको सम्पादन कृष्ण अधिकारीले गरेका हुन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया