महेन्द्र शाही
सोलुखुम्बु, भदौ २२
खोटाङको ऐसेलुखर्क गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा ४४ लाख रूपैयाँभन्दा बढी रकम खर्च गरेको छ । नेपालमा कोरोना भाइरसको महामारी भित्रिएसँगै त्यसबाट बच्न र बचाउन ४४ लाख छ हजार नौ सय ९२ रूपैयाँ खर्च गरेको हो ।
गाउँपालिकाले खर्च गरेको मध्ये आरडीटी किट र दीर्घरोगीको औषधि तथा स्वास्थ्य सामग्री खरिदमा आठ लाख आठ हजार नौ सय ५३ रूपैयाँ खर्च गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार थर्मल गन, पीपीई सेट, मास्क, स्यानिटाइजर खरिदमा तीन लाख ३१ हजार एक सय ७५ रूपैँया खर्च भएको छ ।
यस्तै, गाउँपालिकाले विभिन्न स्थानमा हेल्पडेस्क र वडा सचेतना कार्यक्रममा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्तामा तीन लाख ५० हजार एक सय ४७ रूपैयाँ, काठमाडौँमा राहत वितरणमा २० लाख ७१ हजार रूपैयाँ, प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन खर्चमा ४२ हजार दुई सय ५० रूपैयाँ, पदाधिकारी, कर्मचारी र आइसोलेसनमा रहने व्यक्तिको खाजा र खाना खर्चमा ३९ हजार सात सय ५० रूपैयाँ र औषधि ढुवानीमा २७ हजार पाँच सय रूपैयाँ गरी कुल ४४ लाख छ हजार नौ सय ९२ रूपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया