Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधवैतेश्वरका सबै वडाको सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीमा

वैतेश्वरका सबै वडाको सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीमा


दोलखा, भदौ २२
जिल्लाको वैतेश्वर गाउँपालिकाभित्रका वडा तहबाट वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई अब बैकिङ प्रणालीमा जोडिने भएको छ । चालू आर्थिक वर्षदेखि बैकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गाउँपालिकाले जनाएको छ । सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउने उद्देश्यले सो गाउँपालिकाले पहिलो पटक बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो ।

गाउँपालिकाका र प्राइम कमर्सियल बैंकबीच सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने सम्झौता गरिएको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । अध्यक्ष लामाका अनुसार बैकिङ प्रणालीमार्फत यस वर्षबाट सामाजिक सुरक्षा भत्ता वितरणको काम अगाडि बढाइएको हो । उनका अनुसार गाउँपालिकाका आठवटा वडामा यस आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ताको लागि जेष्ठ नागरिकलाई स्थानीय बैंकमा खाता खोल्न लगाएको उनले जानकारी दिए ।

८० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई बैंक तथा वडाले घरघरमै पुगेर सेवा उपलब्ध गराउने प्राइम कमर्सियल बैंक मैनापोखरी शाखाका कर्मचारी दिपेश जिरेलले जानकारी दिए । अहिले वैतेश्वर गाउँपालिकाभित्र करिब दुई हजार छ सयभन्दा बढीले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउन बैंक पुगेका स्थानीय तहमा अनिवार्य बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेपछि गाउँपालिकाले चालू वर्षको पहिलो महिना साउन मसान्तदेखि सबै वडाका जेष्ठ नागरिकलाई वडा नम्बर पाँच मैनापोखरी बजारमा रहेको प्राइम कमर्सियल बैंकमा खाता खोल्न लगाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सालिकराम फुयालले जानकारी दिए । उनका अनुसार हालसम्म वैतेश्वर गाउँपालिकाभित्रका १ हजा ३ सय जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ताको लागि खाता खोलेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x