Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपर्यटनमन्त्रीद्वारा एसिडपीडित मुस्कान खातुनलाई आर्थिक सहयोग

पर्यटनमन्त्रीद्वारा एसिडपीडित मुस्कान खातुनलाई आर्थिक सहयोग


काठमाडौं, भदौ २२
संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एसिडपीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । गत वर्ष भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ । नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर ५० हजार नगद प्रदान गरेका हुन् ।

सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराईले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताए । उनले भने, ‘मलाई विश्वास छ, तपाईं भविष्यमा डाक्टर बन्नुहुनेछ । मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोलि डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला ।’ उनले एसिडपीडित बालिका खातुनसँग अप्ठ्यारो बेलामा मात्र नभएर सजिलो बेला पनि जीवनभर सम्बन्ध रहिरहने बताए ।

पीडित बालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिनअघि बालुवाटारमा बोलाएर उनको शिक्षाको सबै प्रबन्ध गरिने वचन दिएका थिए । ०७२ सालदेखि मन्त्री भट्टराईले नियमितरुपमा आफ्नो जन्मदिनमा असहाय, पीडित, विपन्न बालबालिकालाई सहयोग गर्दै आएका छन् । उनले ०७२ को महाभूकम्पमा बाबु गुमाएका काठमाडौं मनमैजुका बालक विराज अधिकारीलाई सहयोग गरेका थिए । भट्टराईले ०७३ सालको जन्मदिनमा बाबुआमाले लिएको ऋण तिर्न नसकेपछि गोठालो बसेका दोर्जी शेर्पालाई उद्धार गरी काठमाडौं ल्याएर पढनपाठनको व्यवस्था मिलाएका थिए ।

यस्तै ०७४ को जन्मदिनमा दुवै भल्भ फेर्नुपर्ने समस्याबाट पीडित मुटुरोगी ताप्लेजुङका मिलन शेर्पाको उपचारमा सहयोग गरेका थिए भने ०७५ को जन्मदिनमा ताप्लेजुङका विपन्न दुई बालक गंगा विक र कमल विकलाई अध्ययन खर्चस्वरुप नगद सहयोग प्रदान गरेका थिए । गत वर्षको जन्मदिनमा मन्त्री भट्टराईले पढाइलेखाइमा अप्ठ्यारोमा परेका दृष्टिविहीन आमाबुबाका सन्तान ताप्लेजुङका समीर राईलाई सहयोग गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x