पामाकेयरको ‘हृयान्डवास’ बजारमा
काठमाडौं, भदौ २२
एक दशकदेखि जनस्वास्थ्य र सरसफाइसँग सम्बन्धित विभिन्न वस्तु उत्पादन गर्दै आएको ब्रान्ड पामाकेयरले पछिल्लो समय उच्च गुणस्तरको ह्यान्डवास ल्याएको छ । आइएसओ ९००१ः२०१५ प्रमाणित यो कम्पनीले विभिन्न फ्लेवरमा ह्यान्डवास प्रस्तुत गरेको कम्पनीका सञ्चालक महेशकुमार चौधरीले बताए ।
जीएमपी प्रमाणित प्लान्टमा स्यानिटाइजरलगायत जनस्वास्थ्य र सरसफाइसँग सम्बन्धित अन्य वस्तु उत्पादन गरी बिक्रीवितरण गरिरहेको कम्पनीले कोभिड–१९ को महामारीबीच ह्यान्डवास उत्पादन सुरु गरेको हो ।
विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमण रोकथाममा स्यानिटाइजर, ह्यान्डवास, साबुन, मास्क जस्ता वस्तुको भूमिका प्रभावकारी देखिएको तथा विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञहरुले यसको प्रयोगमा जोड दिइरहेको सन्दर्भमा कम्पनीले सुपथ मूल्यमा सर्वसाधारणले गुणस्तरीय ह्यान्डवास प्राप्त गर्न सकून् भनेर यसको उत्पादन सुरु गरेको चौधरीले बताए ।
यो ह्यान्डवासमा ब्याक्टेरिया, भाइरस जस्ता मानव शरीरका लागि हानिकारक तत्वलाई समूल नष्ट गर्ने फर्मुला र पदार्थको सम्मिश्रण छ । कम्पनीले यसअघि नै पामाकेयर ब्रान्डमा उच्च गुणस्तरको स्यानिटाइजर उत्पादन गरी बजारमा उपलब्ध गराइरहेको छ ।
पामाकेयर स्यानिटाइजर उपभोक्तामाझ निकै लोकप्रिय छ । उनका अनुसार पामाकेयरका ह्यान्डवास विभिन्न फ्लेवरमा उपलब्ध छन् । उपभोक्ताले आफ्नो रुचिअनुसार लेभेन्डर एन्ड वाटर लिली, लेमन एन्ड मेन्डेरियन, टीट्री एन्ड एप्पल फ्लेवरका ह्यान्डवास रोज्नसक्ने चौधरीले बताए ।
हाललाई दुई सय ५० मिलिलिटरको पम्पसहितको प्याकमा उपलब्ध ह्यान्डवासको मूल्य एक सय ५२ रुपैयाँ तोकिएको छ । रिफिल प्याकको हकमा एक लिटरको प्याक बजारमा पठाइएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया