Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्थानीयको सारथि रिद्धिसिद्धि

स्थानीयको सारथि रिद्धिसिद्धि


काठमाडौं, भदौ २२
रिद्धिसिद्धि सिमेन्टले कोरोना संक्रमण भई आइसोलेसनमा बसेका बिरामीहरुलाई पौष्टिक आहार वितरण गरेको छ । हेटौंडामा आयोजित एक कार्यक्रममा कम्पनीले गौरीटार आइसोलेसन वार्डमा रहेका ६२ जना संक्रमितहरुको लागि फलफूल, रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि सोहीअनुसारको खाद्य सामग्री र नेपाल टेलिकमको दुई सय रुपैयाँबराबरको रिर्चाज कार्ड र एक थान तातोपानी खाने कपलगायत विभिन्न सामग्री वितरण गरेको छ ।

कार्यक्रममा रिद्धिसिद्धि सिमेन्टका क्षेत्रीय बिक्री प्रबन्धक विक्रम खतिवडाले उद्योगले स्थानीय समुदायको दुःखसुखको सारथि बन्न रिद्धिसिद्धि सिमेन्ट सदैव तयार रहेको बताए । त्यस्तै हेटौंडा उपमहानगरपलिकाका प्रमुख हरि बहादुर महतले संक्रमितहरुको हौसला बढाउँदै सचेत रही स्वस्थ खानपिन एवं नियमित व्यायाम गर्ने हो भने कोरोना मात्रै हैन भविष्यमा समेत सजिलै कुनै रोगको शिकार हुनु नपर्ने बताए ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले सकारात्मक सोचको विकास गर्दै सुरक्षित रही उद्योग धन्दा, व्यापार व्यवसाय सुचारु गर्नुपर्ने बताए । विभिन्न समयमा उद्योगले गरेका सामाजिक कार्यको चर्चा गर्दै हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले उद्योगीहरुले देखाएको सदाशयताको भावले समाजमा सकारात्मक प्रभाव पर्ने बताए ।

हेटौंडाको रातोमाटेमा अवस्थित रिद्धिसिद्धि सिमेन्टले आफ्नो उत्पादनको दोस्रो वर्षमा प्रवेश गरेसँगै हाल देशका विभिन्न स्थानमा रहेका सिमेन्ट उद्योगहरुका लागि क्लिंकर समेत बिक्री गर्दै आइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x