१५ सय अंकबाट पुनः ओर्लियो सेयर बजार
काठमाडौं, भदौ २२
गत साता लगातार उकालो लागेर १५ सय अंकबाट माथि चढेको सेयर बजार परिसूचक यो साताको सुरुवाती कारोबार दिन नै ओरालो लागेको छ । यसदिन अर्थात् आइतबार बजार परिसूचक १० दशमलव ४५ अंकले ओरालो लागेर १४ सय ९९ दशमलव ९७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ५४ अंकले ओरालो लागेर तीन सय दुुई दशमलव १९ अंकमा झरेको छ । यसदिन कुुल एक सय ९१ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार ३४ हजार आठ सय ६३ वटा कारोबारमा ७० लाख ३८ हजार नौ सय कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम दुुई अर्ब ७८ करोड २३ लाख ७७ हजार आठ सय ८७ रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार ट्रेडिङ समूहको सूचक २२ दशमलव ६३ अंकले उकालो लागेर नौ सय २४ दशमलव ४१ अंकमा चढेको छ भने सामूहिक लगानी कोष समूहको सूचक शून्य दशमलव शून्य एक अंकले उकालो लागेको छ । यीबाहेकका बाँकी समूहको सूचक उच्च अंकले ओरालो लागेका छन् । यसदिन वाणिज्य बैंक समूहको सूचक आठ दशमलव १४ अंकले ओरालो लागेर १२ सय २६ दशमलव ६६ अंकमा झर्दा विकास बैंक समूहको सूचक २० दशमलव आठ अंकले ओरालो लागेर १७ सय ६० दशमलव ६४ अंकमा झरेको छ ।
जलविद्युुत् समूहको सूचक पनि पाँच दशमलव ७४ अंकले ओरालो लागेर एक हजार ७६ दशमलव ४८ अंकमा झर्दा लघुुवित्त समूहको सूचक पनि १० दशमलव २७ अंकले ओरालो लागेर २४ सय ९८ दशमलव तीन अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि २५ दशमलव ६१ अंकले ओरालो लागेर सात हजार चार सय ४४ दशमलव ६८ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि २६ दशमलव ३३ अंंकले ओरालो लागेर नौ हजार दुई सय आठ दशमलव ६९ अंकमा झरेको छ । यीबाहेक होटल, फाइनान्स, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः २५ दशमलव ६५, दुुई, ४० दशमलव ४३ र १२ दशमलव ६५ अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको उन्नति सहकार्य लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ९० पैसाले बढेर नौ सय ९९ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुण भ्याली हाइड्रोपावर लिमिटेडको सेयर मूल्य नौ रुपैयाँ ८२ पैसाले बढेर एक सय २३ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक जोशी हाइड्रोपावर कम्पनी, राधी जलविद्युुत् कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य नौ रुपैयाँ ८७ पैसाले घटेर चार सय ८४ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको रसुुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पाँच रुपैयाँ २९ पैसाले घटेर एक सय ६१ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक मल्टीपर्पोस फाइनान्स, शिवम् सिमेन्ट आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता आठ सय ७१ रुपैयाँ अन्तिम मूल्यमा ४० करोड १३ लाख १० हजार ८४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल बैंकको पनि प्रतिकित्ता तीन सय चार रुपैयाँ अन्तिम मूल्यमा ११ करोड ७३ लाख ५२ हजार नौ सय ८६ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेको इन्स्योरेन्स कम्पनी, नागरिक लगानी कोष आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया