Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा ब्याजदर करिडोरसम्बन्धी नयाँ कार्यविधि लागू

राष्ट्र बैंकद्वारा ब्याजदर करिडोरसम्बन्धी नयाँ कार्यविधि लागू


काठमाडौं, भदौ  २३

नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरसम्बन्धी कार्यविधि २०७६ (दोस्रो संशोधन २०७७) जारी गरी लागू गरेको छ । राष्ट्र बैंकअन्तर्गतको राष्ट्र ऋण व्यवस्थापन विभागले सोमबार बैंक तथा फाइनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै उक्त कार्यविधि कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले परिपत्रमार्फत भनेको छ, ‘अल्पकालीन ब्याजदरमा आउन उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्न र मौद्रिक व्यवस्थापनलाई आधनिकीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७३/०७४ कौ मौद्रिक नीतिमा गरिएको व्यवस्थाबमोजिम ब्याजदर करिडोर पद्धतिका सुरूवात भई ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७४ कार्यान्वयन गरी समयसापेक्ष परिमार्जन हुुँदै आएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ का मौद्रिक नीतिका व्यवस्थाहरूलाई समावेश गरी नयाँ ब्याजदर करिडोरसम्बन्धी कार्यविधि २०७६ कार्यान्वयन गरिएको तथा विश्वव्यापीरूपमा फैलिएको कोभिड १९ को महामारीबाट उत्पन्न असहज परिस्थितिबाट मुुलुकको समग्र अर्थतन्त्रमा पार्नसक्ने असरलाई न्यूनीकरण गर्नको लागि ब्याजदर करिडोरसम्बन्धी पुरानो व्यवस्थालाई परिमार्जन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नीतिगत व्यवस्थाहरूमा गरिएका परिवर्तनलाई समावेश गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन, २०७३) का दफा ११० का उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी ब्याजदर करिडोरसम्बन्धी कार्यविधिको दोस्रो संशोधन २०७७ लागू गरिएको राष्ट्र बैंकले जनाएको छ । संशोधित कार्यविधि २०७७ अनुुसार मौद्रिक नीतिको उद्देश्य तथा वित्तीय बजारको आवश्यकता समेतलाई मध्यनजर गर्दै तरलता अनुुगमन तथा प्रक्षेपण संरचनाले इंगित गर्ने तरलताका आधारमा ब्याजदर करिडोरमार्फत तरलता प्रवाह तथा प्रशोचन गरिनेछ ।

यो व्यवस्थाअनुसार ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर पाँच प्रतिशत रहेको छ । ब्याजदर करिडोरअन्तर्गत ओभरनाइट रिपोदर नीतिगत दरको रुपमा तीन प्रतिशत छ । ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा एक हप्ता अवधिको निक्षेप संकलनको दर एक प्रतिशत रहेको छ ।

संशोधित कार्यविधि २०७७ अनुुसार ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा प्रदान गर्नको लागि स्थायी तरलता सुविधासम्बन्धी कार्यविधि २०७३ अनुुसारको प्रक्रियाहरु अवलम्बन गरिनेछ । यसैगरी ब्याजदर करिडोरअन्तर्गत तरलता प्रवाह गर्नको लागि ओभरनाइट रिपो उपकरण कार्यविधि लागू गरिएको छ । यसअन्तर्गत वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले अघिल्लो दिनको आफ्नो स्वदेशी निक्षेपको दायित्व शून्य दशमलव २५ प्रतिशतसम्म हप्तामा एक पटक ओभरनाइट रिपो सुविधा वार्षिक तीन प्रतिशत ब्याजमा उपयोग गर्न पाउनेछन् । राष्ट्र बैंकका अनुसार यो सुविधाको लागि निवेदन दिँदा निवेदन दिनुुभन्दा अघिल्लो दिन वा सो दिन विदा भएमा सोभन्दा अघिल्लो दिनको उपलब्ध अन्तरबैंक ब्याजदर तीन प्रतिशतभन्दा माथि रहेको हुुनुुपर्नेछ ।

कार्यविधिअनुसार ब्याजदर करिडोरअन्तर्गत तरलता प्रशोचन गर्नको लागि एक हप्ता अवधिको निक्षेप संकलन उपकरण एक प्रतिशत ब्याजदरमा आवश्यकताअनुसारको परिमाणमा बोलकबोलको माध्यमबाट निक्षेप संकलन गर्न सकिनेछ । यो सुविधाको लागि निवेदन दिँदा राष्ट्र बैंकसँग मास्टर पर्चेस एग्रिमेन्ट गरेका संस्थाहरुले निश्चित ढाँचाको आधारमा विवरण पेस गर्नुुपर्ने कार्यविधिमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार ओभरनाइट रिपो माग गर्नको लागि पेश गर्नुुपर्ने निवेदन, धितोको विवरण एवं धितो राखिने सुरक्षण पत्रहरुको सक्कल प्रति कार्यालय समय सकिनुुभन्दा कम्तीमा एक घण्टाअगाडि नै विभागमा पेस गर्नुुपर्नेछ ।

यसैगरी धितोको रुपमा सुरक्षण राख्ने सुरक्षण पत्रहरु (टे«जरी बिल, विकास ऋणपत्र वा नेपाल राष्ट्र बैंक ऋणपत्रको ब्याज भुक्तानी पुर्जा संलग्न भएकोमा निवेदन भएको पुर्जा समेत) निवेदन स्वीकृत रकमको एक सय १० प्रतिशत रकमबराबरको सक्कलप्रति धितोस्वरुप विभागमा पेस गर्नुुपर्ने कार्यविधिमा उल्लेख छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x