Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन वर्षपछि जग्गाको कित्ताकाट खुला

तीन वर्षपछि जग्गाको कित्ताकाट खुला


काठमाडौं, भदौ २३
सरकारले तीन वर्षअघि गरेको जग्गाको कित्ताकाटमा रोक लगाउने निर्णय घरजग्गा व्यवसायीको प्रभावमा परेर बदर गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भदौ १८ गते मन्त्रीस्तरीय बैठक गरी जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेकी हुन् ।

तीनवर्ष अघि सरकारले कृषियोग्य जमीन खण्डीकरण गर्ने निर्णय गर्दै कित्ताकाट गर्न रोक्ने निर्णय गरेपछि घरजग्गा व्यवसायी सरकारको उक्त निर्णय उल्टाउन सक्दो प्रयास गरिरहेका थिए । यहीबीचमा उक्त निर्णयलाई संसोधन गर्दै मन्त्री अर्यालले स्थानीय निकायको सिफारिसमा कित्ताकाट गर्न दिने निर्णय समेत गरेकी थिइन् ।

उक्त निर्णय पनि स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई घुस खाने अस्त्र बनेकाले घरजग्गा व्यवसायीले लकडाउन सुरु हुनुअघिदेखि नै उक्त निर्णय बदर गराउन कसरत गर्दै आएका थिए । त्यही कारण घरजग्गा व्यवसायीको प्रभावमा परेर भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले मन्त्रीस्तरीय निर्णय गरेर रोकिएको कित्ताकाट खुला गर्ने र पूर्ववतरूपमा विभाग र मातहत कार्यालयहरूबाटै कित्ताकाट गर्ने निर्णय गरेकी हुन् ।

२०७४ सालमा तत्कालीन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरि कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । दहितले बन्द गराएको कित्ताकाट अर्यालले फुकुवा गरेकी हुन् । ‘जग्गाको खण्डीकरणसम्बन्धी विषय पेस हुँदा कृषियोग्य जग्गाको खण्डीकरणसम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ’ मन्त्रालयको निर्णयमा भनिएको छ । मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभागलगायतमा यो निर्णय परिपत्र गरिसकेको छ । खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्न भन्दै मन्त्रालयले तीन वर्ष पहिले उक्त निर्णय गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x