Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङ नेपालद्वारा ग्यालेक्सी नोट–२० र नोट–२० अल्ट्रा सार्वजनिक

सामसङ नेपालद्वारा ग्यालेक्सी नोट–२० र नोट–२० अल्ट्रा सार्वजनिक


काठमाडौं, भदौ २३
सामसङले आफ्नो फ्ल्यागसिप प्रोडक्टहरुअन्तर्गत ग्यालेक्सी नोट–२० र नोट–२० अल्ट्रा स्मार्ट फोनहरु नेपाली बजारमा प्रस्तुत गरेको छ । कम्पनीका अनुसार ग्यालेक्सी नोट–२० सिरिजका मोबाइलहरुले कम्प्युटरजस्तै कार्य गर्नसक्छन् । यी दुई स्मार्टफोन फोन नोट पारखीहरुलाई लक्षित गरी निर्माण गरिएको हो । यसलाई पारखीहरुको पावर एण्ड प्रोडक्टिभिटीको आवश्यकतालाई मध्यनजर गरी प्रस्तुत गरिएको कम्पनीको भनाइ छ ।

सामसङको लेटेस्ट नोट सिरिजमा कार्य गर्ने शैली पृथक् छ । यसमा भएको एडभान्स एस पेनले नियमित नोट प्रयोगकर्ताहरु एवं मल्टि–टास्करर्सहरुलाई अनलिमिटेड राइटिङ्ग अनुभव प्रदान गर्दछ । कम्पनीका अनुसार एसपेनमा भएको पाँच नयाँ एनिह्वेयर एक्सनले डिभाइसलाई टचलेस नेभिगेसन–जस्तै होम स्क्रिनमा जान वा स्क्रिनसट लिन झनै सहज बनाउँछ ।

साथै सामसङ नोटमा भएको एपहरुमा अटो सेभ तथा सिंकिङ्ग क्षमताहरु पनि रहेका छन् । यसमा हातले लेखेको लेखाइलाई आकर्षक अक्षरहरुमा बदल्दछ । साथै पीडीएफमा भएका विषयवस्तुहरुलाई सहजै हाइलाइट गर्न पनि सकिन्छ । साथै यसलाई कम्प्युटरबाट पनि एक्सेस गर्न सकिने कम्पनीको भनाइ छ ।

माइक्रोसंकटको ‘योर फोन’ विन्डोज इन्टिग्रेसनको प्रयोग गरी फोनलाई विना रुकावट विन्डो १० भएको कम्प्युटरबाट सहजै एक्सेस गर्न सकिने कम्पनीले जनाएको छ । साथै यसमा शक्तिशाली गेमिङ सुविधा पनि रहेको छ । पूरै शक्तिशाली गेमिङ अनुभव प्रदान गर्ने उद्देश्यले यस फोनको इन्जिनियरिङ निर्माण गरेको छ ।

यसैगरी ग्यालेक्सी नोट२० सिरिजमा भएका प्रो–ग्रेड टुल्सहरुले अद्वितीय फोटो खिच्न र सिनेम्याटिक स्टाइल भिडियोहरु बनाउन विशेष सहयोग पु¥याउने कम्पनीले जनाएको छ । २१ः९ को रेसियो र २४ एफपिएसको रेकडिङमार्फत यस सिरिजको ८ के क्यामराले उच्चस्तरीय रिजोलुसनमा भिडियो खिच्न सकिन्छ । यसमा भएको प्रो–भिडियोको साथ सिनेम्याटिक भिडियोको लागि प्रो–ग्रेड फोकस, अडियो, एक्स्पोजर, जुम स्पिड कन्ट्रोलर, एफएचडीको साथ १२० एफपीएस भिडियोजस्ता मोडहरु उपलब्ध छन् ।

दुवै स्मार्टफोनहरु नयाँ आकर्षक रंगमा उपलब्ध छन् । साथै यसमा दिनभर टिकाउ हुने ब्याट्री, सुपर फास्ट चार्जिङ्ग सुविधा समेत रहेको कम्पनीले जनाएको छ । यसमा ५० प्रतिशत ब्याट्री चार्ज केवल ३० मिनेटमा गर्न सकिन्छ ।

कम्पनीका अनुसार ग्यालेक्सी नोट–२० को मूल्य नेपाली बजारमा एक लाख नौ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ भने नोट–२० अल्ट्राको मूल्य एक लाख ३९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यी दुवै फोन यही सोमबारदेखि नेपालभरका सम्पूर्ण सामसङ ब्राण्ड स्टोर तथा रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ । सामसङले यी दुई स्मार्टफोन प्रि–बुक गर्ने ग्राहकहरुलाई ग्यालेक्सी बड प्लस निःशुल्क प्रदान गरेको थियो । साथै ग्यालेक्सी वाच थ्री तथा सामसुङ एलईडी टिभीमा आकर्षक छुट प्रदान गरेको थियो  ।

यसका अतिरिक्त प्रि–अर्डर गर्ने ग्राहकरुले विभिन्न क्षेत्रहरुमा आकर्षक छुट तथा उपहार पनि प्राप्त गरेका थिए । कम्पनीका अनुसार प्रि–अर्डरअन्तर्गत खरिद गर्न छुटेका ग्राहकहरुको लागि हाल पनि थुप्रै आकर्षक सुविधाहरु उपलब्ध रहेको जनाएको छ ।

ग्यालेक्सी नोट–२० तथा नोट–२० अल्ट्राको खरिद गर्ने ग्राहकहरुलाई एकपटकको टुटफुटमा एनएलजी इन्स्योरेन्सबाट एक वर्षको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (ईएमआई) खरिद गर्न सकिने सुविधा पनि उपलब्ध हुने कम्पनीको भनाइ छ । साथै अर्को स्टोर तथा आईएमएस एसस्मार्टमार्फत सामसङ स्मार्टफोनका ग्राहकहरुले एक्स्चेन्ज गर्ने सकिने सुविधा छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x