महालक्ष्मी विकास बैंक र सेन्ट्रल डायगनोस्टिकबीच सम्झौता
काठमाडौं, भदौ २३
महालक्ष्मी विकास बैंक लिमिटेड र सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरूका लागि विश्वमा महामारीको रूपमा फैलिएको कोभिड १९ को संक्रमण परीक्षण (पीसीआर टेस्ट)का साथै अन्य गुणस्तरीय स्वास्थ्य सेवामा छुट प्रदान गर्ने उद्देश्यले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीसँग आइतबार सम्झौता गरेको हो । सम्झौतामा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेशप्रसाद गुप्ताले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू, कर्मचारीलगायत कर्मचारीका परिवारले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा उपचार गराउँदा विभिन्न सेवाशुल्कमा छुट पाउनेछन् । सम्झौताअनुसार बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू, कर्मचारी साथै कर्मचारीका परिवारले जनरल प्याथोलोजी टेष्टमा अधिकतम २५ प्रतिशत र कोभिड १९ को संक्रमण परीक्षण (पीसीआर टेस्ट)मा अधिकतम १५ प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले हाल देशका सबै क्षेत्रमा गरी एक सय दुुईवटा शाखाहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । आगामी दिनहरूमा पनि उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरू गर्दै जाने सहमति गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा ४२ करोड ८५ लाख ६४ हजार छ सय ७३ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ६५ करोड ७७ लाख ७२ हजार पाँच सय ५४ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब सात करोड २० लाख ६१ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा ३६ अर्ब ९७ करोड ७१ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ४९ करोड २१ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ५४ करोड ४१ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ३५ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने २० करोड ३२ लाख ३१ हजार तीन सय ९० रुपैयाँ रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया