साउदी अरेबिया र चीनका कारण कच्चा तेलको मूल्यमा गिरावट
लन्डन, भदौ २३
विश्व तेलबजारमा सोमबार कच्चा तेलको मूल्यमा गिरावट आएको छ । चीनले कम आयात गरेको र साउदी अरेबियाले मूल्य घटाएको कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको हो ।
रोयटर्सका अनुसार साउदी अरेबियाले एसियामा तेल आपूर्तिमा मासिक मूल्य घटाएको र चिनियाँ मागबारे अनिश्चितता छाएको कारया त्यसको असर तेलको मूल्यमा परेको छ । उक्त दिन ब्रेन्ट क्रुड ४१.९१ अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भएको छ । यो भनेको ७५ सेन्ट अर्थात् १.८ प्रतिशतले कम हो । यसअघि सुरुवाती कारोबारमा प्रतिब्यारेल ४१.५१ अमेरिकी डलरसम्म पुगेको थियो जुन जुलाई ३० यताकै कम मूल्य हो ।
त्यस्तै वेस्ट टेक्सास इन्टरमेडिएट अमेरिकी कच्चा तेल पनि ७७ सेन्ट अर्थात् प्रतिब्यारेल १.९ प्रतिशतले घटेर ३९.०० अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भएको थियो । उक्त तेल ३८.५५ अमेरिकी डलरसम्म पुगेर उक्त मूल्य कायम भएको थियो । यो पनि जुलाई १० यताकै कम मूल्य हो । विश्वकै ठूलो तेल निर्यातक साउदी अरेबियाले एसियामा बेच्ने अरब लाइट क्रुडको बिक्री मूल्य अक्टोवरका लागि घटाएको छ ।
त्यस्तै विश्वकै ठूलो तेल आयातक चीनले मागभन्दा बढी तेल आयात गरेर तेलको मूल्यलाई सघाइरहेको थियो । तर उसले पनि अगस्टमा तेल आयात घटाएको सोमबार प्रकाशित एक तथ्यांकले देखाएको छ । चीनको अमेरिका र युरोपसँगको विकसित सम्बन्धको उतारचढावले चिनियाँ अर्थतन्त्रबारे अनिश्चितता छाइरहेको छ । यसलाई विश्लेषकहरुले आशावादी अवस्था भन्न नमिल्ने बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पूर्वाञ्चल विश्वविद्यालयमा कलेज अफ लका विद्यार्थीलाई अभिमुखीकरण
- सिटिजन्स बैंक र नेपाल क्लियरिङबीच सम्झौता
- शिखर इन्स्योरेन्सको वार्षिकोत्सव सम्पन्न
- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक
- मेटलाइफ फाउन्डेसनको सहयोग
- मुक्तिनाथ फाइदा एप सञ्चालनमा
- उपकार लघुवित्तको नाफा २७ लाख
- नेपाल लाइफको नाफा २० करोड ५४ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया