एत्तिहाद एयरवेजको कोरोना बीमा योजना
दबई, भदौ २३
आबुधाबीको एत्तिहाद एयरवेजले सोमबार यात्रु आकर्षित गर्ने नयाँ योजना सार्वजनिक गरेको छ । उसले आफ्ना विमानबाट यात्रा गरेका यात्रु कथंकदाचित् संक्रमित भएमा उनीहरुको मेडिकल र क्वारेन्टाइन खर्च व्यहोर्ने गरी कोभिड–१९ बीमा योजना ल्याएको हो ।
विश्वका धेरै वायुसेवा प्रदायक कम्पनीहरु यात्रुको माग बढाउने प्रयासमा लागिरहेका छन् । विश्वमा कोरोना महामारीले हवाइ क्षेत्रमा नकारात्मक असर गरेको छ । कोरोना सुरु हुनुअघिको अवस्थामा पुग्न कम्पनीहरुले वर्षौँ लाग्नसक्ने बताएका छन् ।
एत्तिहादको योजनाअनुसार कम्पनीले संक्रमित यात्रुको १ लाख ५० हजार युरोसम्मको मेडिकल खर्च व्यहोर्नेछ भने एक दिनमा १ सय युरो क्वारेन्टाइन खर्चस्वरुप १४ दिनको लागि व्यहोर्नेछ । यसले यात्रुलाई यात्रामा आकर्षण बढाउने अपेक्षा कम्पनीले लिएको कम्पनीका उपप्रमुख डन्कान ब्युरोले एक वक्तव्यमा जनाएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया