Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसहकारीको पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ

सहकारीको पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ


काठमाडौं, भदौ २४
बचत तथा सहकारी संस्थाको पाँच करोड ६७ लाख ठगी गरी फरार भएका राजकाजी खड्गी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाका अनुसार ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका वडा नम्बर ३१ घर भई हाल ललितपुरको धापाखेल बस्दै आएका ४४ वर्षीय खड्गीलाई सोमबार अपराह्न पक्राउ गरिएको हो ।

महाशाखाका अनुसार खड्गीले काठमाडौंको न्युरोडमा रहेको नौलो परिवेश बचत तथा सहकारी संस्था लिमिटेडमा प्रबन्धक पदमा २०७० असारदेखि मिति २०७७ जेठ मसान्तसम्म सात वर्ष काम गरेका थिए । सोही क्रममा खड्गीले उक्त सहकारीको हरहिसाब तथा सहकारीको बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिई उक्त संस्थाको सम्पूर्ण हिसाबको विवरण नदेखाई पाँच करोड ६७ लाख नगद ठगी गरी फरार भएको प्रहरीले जनाएको छ ।

सो पश्चात् लुकीछिपी बसेको अवस्थामा खड्गीलाई महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार अपराह्न १ बजे ललितपुर महानगरपालिका वडा नं. २३ धापाखेलबाट पक्राउ गरिएको हो । पक्राउ परेका खड्गीलाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ । मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगीसम्बन्धी कसुरमा अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतबाट यही भदौ २२ गतेबाट लागू हुने गरी दिन पाँच दिन म्याद थप अनुमति प्रदान भई अनुसन्धान भई प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x