Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचीनबाट १ खर्ब ८१ अर्बको सामान आयात

चीनबाट १ खर्ब ८१ अर्बको सामान आयात


काठमाडौं, भदौ २४
चीनबाट एक आर्थिक वर्ष (२०७६/०७७) मा एक खर्ब ८१ अर्ब ९२ करोड रुपैयाँको सामग्री आयात गरिएको छ । भन्सार विभागका अनुसार नेपाली व्यवसायीहरुले चीनसँगको व्यापारमा विशेषगरी लसुन, प्याज, तरकारी, मसला, खाद्यान्न, फलफूल मासुजन्य पदार्थका साथै लत्ताकपडा कम्प्युटर, टेलिभिजनलगायतका सामग्रीहरु आयात गर्ने गरेका छन् ।

व्यवसायीहरुले चीनबाट उक्त अवधिमा २९ करोड ४८ लाख ३१ हजारको दुई हजार नौ सय टन लसुन आयात गरेका छन् भने सुकेको लसुन मात्रै १५ करोड ६५ लाख ७३ हजारको एक हजार चार सय टन तथा सुकेको प्याज २६ करोड ६१ लाख १५ हजारको तीन हजार चार सय टन आयात गरेका छन् भने एक करोड ६८ लाख ४६ हजारको चार हजार टन मरिच, नौ करोड ४९ लाख ६६ हजारको चार सय नौ टन दालचिनी, १९ लाख ५७ हजारको दश टन सुठो तथा आठ हजारको एक सय ५० किलो ताजा र सुख्खा सन्तुला, दुई करोड ८६ लाख २२ हजारको अंगुर नौ हजार किलो, तीन अर्ब २२ करोड ७० लाख ३७ हजारको स्याउ ४५ हजार ६ सय टन, २४ करोड २६ लाख ९६ हजारको नास्पाती तीन हजार आठ सय टन, चार हजारको सय केजी आलुबखडा, सात हजारको एक सय २५ किलो हलावेद, ११ लाख ४१ हजारको दश टन खुर्सानी, एक लाख एक हजारको एक सय ८७ किलो खर्बुजा आयात गरेका छन् ।

व्यवसायीहरुले लसुन र प्याजका अलावा सिमी, ओखर, स्याउ, चियापतीलगायतका सामग्री समेत आयात गरेको भन्सार विभागले बताएको छ । यस्तै व्यवसायीहरुले एक लाख १६ हजारको साढे २ टन भेडेखुर्सानी, ८५ हजार साढे एक टन ताजा र सुकेको तरकारी, १० हजारको दुई सय ४० किलो ताजा र सुकेको सिमी, ३७ हजारको आठ सय ५६ किलो मिश्रित तरकारी, छ लाख २१ हजारको २१ सय ४८ किलो सुकेको च्याउ, ३८ लाखको ५४ सय ५५ किलो सुकेको च्याउको परिकार, ३१ करोड ७६ लाख ६४ हजारको दुई हजार सात सय टन सुख्खा तरकारी, १६ करोड २८ लाख ९ हजारको तीन सय ३१ टन सुख्खा मटर, ४६ हजारको १ सय ३० किलो च्याउ आयात गरेका छन् ।

१७ लाख ९२ हजारको काजु ६ टन, २८ करोड १४ लाख सात हजारको नौ सय ३४ टन ओखर, चार करोड एक लाख ४२ हजारको एक सय १६ टन सुख्खा ओखर, ४९ लाख ७७ हजारको पाँच टन पास्ता र विभिन्न प्रकारका सुख्खा किसमिसहरु ४१ हजारको चार सय ९० किलो आयात गरेका छन् ।

त्यसैगरी व्यवसायीहरुले चीनबाट आयात गर्नेमा खाद्यवस्तु समेत रहेको छ । कृषिप्रधान देश भने पनि सिँचाइ, मल जस्ता कृषिका लागि अति आवश्यक वस्तु पनि सरकारले उपलब्ध गराउन नसक्दा खाद्यान्न समेत विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । उक्त अवधिमा ७८ हजारको दुई टन पिठो, पाँच करोड २१ लाख ४१ हजारको एक सय ३२ टन चामल तथा धान, ३० लाख ४४ हजारको ४८ टन चामल, १८ लाख ८६ हजारको दुई टन दूध तथा दूधजन्य पदार्थ, बटर ३१ सय किलो एक लाख ५९ हजारको तीन टन बटर, २८ हजारको एक क्विन्टल चीज, १५ लाख सात हजारको सात टन चीजको कच्चा पदार्थ आयात गरेका छन् । यसका साथै व्यवसायीहरुले तेल, खाद्यान्न मासुजन्य, चियाकफीलगायतका सामग्रीहरु आयात गरेका छन् ।

त्यसैगरी पशुजन्य आहार समेत चीनबाट ल्याउने गरेको पाइन्छ भने चालू आवको एक महिनाको अवधिमा एक करोड पाँच लाख २८ हजार मूल्य बराबरको एक सय २९ टन आहार व्यवसायीहरुले आयात गरेका छन् । यसैगरी ३१ लाख ३९ हजार मूल्यबराबरको करिब तीन टन फलफूलका बिरुवा, दुई लाख ४९ हजार मूल्यबराबरको दुई टन सूर्यमुखीको बीउ, छ लाख ८० हजार मूल्यबराबरको २० किलो काउलीको बीउ तथा ४८ लाख ७१ हजार मूल्यबराबरको तीन सय ५७ किलो तरकारीका बीउहरु र छ लाख एक हजार मूल्यबराबरको दुई टन फलफूलका बीउहरु समेत चीनबाट आयात गरिएको छ । यस्तै आयातका साथै व्यवसायीहरुले चीनतर्फ दूधजन्य तथा खाद्यान्न निर्यात गरेको पाइन्छ । सो आवमा व्यवसायीहरुले करिब ५५ लाखको दूधजन्य पदार्थ निर्यात गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x