भर्चुअल माध्यमबाट साधारणसभा गर्न महासंघलाई समितिको सुझाव
काठमाडौं, भदौ २४
नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा र निर्वाचनको मोडालिटी तयार गर्न गठित समितिले भर्चुअल माध्यमबाट साधारणसभा गर्न महासंघलाई सुझाव दिएको छ । महासंघको ५४औँ वार्षिक साधारणसभा र निर्वाचनको कार्यलाई के कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा ढाँचा तथा प्रक्रिया तयार गर्न गठित समितिले महासंघका अध्यक्ष भवानी राणालाई सोमबार उक्त सुझावसहितको प्रतिवेदन पेश गरेको छ ।
समितिले प्रतिवेदनमा वार्षिक साधारणसभाको हकमा समुद्घाटन, बन्दसत्र र समापन कार्यक्रम भर्चुअल जुममार्फत तथा निर्वाचनको हकमा स्वास्थ्यका सबै प्रोटोकल एवं सरकारका स्वास्थ्य निर्देशनहरू पालना गरी सबै क्षेत्र (जिल्ला/नगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएट)को प्रत्यक्ष काठमाडौंमा अथवा जिल्ला/नगर क्षेत्रको सम्बन्धित प्रदेशमा र वस्तुगत, एसोसिएटको काठमाडौंमा वा कम्प्युटराइज/इ–भोटिङमार्फत सम्पन्न गर्न सकिने तीनवटा मोडलहरू सुझाएको छ । गएको साउन २१ गतेसम्पन्न महासंघको कार्यकारिणी समितिको १७औँ बैठकले कार्यकारिणी समितिका छ सदस्य सम्मिलित समिति गठन गरेको थियो ।
समितिलाई नेपाल सरकारका सम्बन्धित मन्त्रालय, निकायहरू, कोभिड–१९ उच्चस्तरीय संकट व्यवस्थापन केन्द्र (सीसीएमसी), स्वास्थ्यसम्बन्धी विज्ञहरूका साथै सरोकारवाला सबैसँग छलफल गरी प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो । समितिले प्राप्त कार्यादेशअनुसार आफ्नो कार्य सम्पन्न गरी महासंघका अध्यक्ष राणासमक्ष प्रतिवेदन पेश गरेको हो । समितिमा जिल्ला/नगर उद्योग वाणिज्य संघ क्षेत्रबाट अरूणराज सुमार्गी र डीबी बस्नेत, वस्तुगत क्षेत्रबाट इ. विनोद ढकाल र सुनिल गोपाल श्रेष्ठ र एसोसिएट क्षेत्रबाट भरतराज आचार्य र रञ्जितराज आचार्य छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया