सुबास बस्नेत
दोलखा, भदौ २४
जिल्लाको उत्तरीक्षेत्र कालिञ्चोक गाउँपालिका र बिगु गाउँपालिकामा सोमबार राति लगातारको वर्षासँगै गएको पहिरोले करिब एक दर्जन घर बगाएको छ । कालिन्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङ र बिगु गाउँपालिका वडा नम्बर २ ओराङमा गएको पहिरोले एक दर्जनभन्दा बढी घरहरुमा क्षति पुगेको हो ।
पहिरोले कालिञ्चोक गाउँपालिका नम्बर वडा ५ लापिलाङको रानीबन, काडाबारी र बनथलि लगायतका बस्तीमा ठूलो क्षति गरेको छ । रानीवनको भीर खस्दा आधा दर्जन घरहरु पुरिएको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुबास थामीले जानकारी दिए । वडा अध्यक्ष थामीका अनुसार उक्त क्षेत्र पहिलेदेखि नै पहिरोको जोखिमा रहेकोले त्यहाँका स्थानीयलाई नजिकैको विद्यालयमा स्थानान्तरण गरिएको थियो । सोही कारण मानवीय क्षति भने हुन नपाएको उनले जानकारी दिए ।
सो वडाका चारवटा टोलका करिब एक सय ५० घरपरिवार पहिरोको उच्च जोखिममा रहेको थामीले बताए । त्यसैगरी सोमबार राति जिल्लाको बिगु गाउँपालिकामा गएको पहिरोले चारवटा घर बगाएको छ । बिगु गाउँपालिका वडा नम्बर २ ओराङमा गएको पहिरोले चारवटा घरलाई पूर्ण रुपमा क्षति गरेको छ भने छवटा घरमा आंशिक क्षति पुगेको छ ।
गाउँमा पहिरो गए पनि स्थानीयले भागेर आफ्नो ज्यान जोगाएको बिगु गाउँपालिका उपाध्यक्ष सन्जिव वलीले जानकारी दिए । रातिको समय ठूलो पहिरो गए पनि मानवीय क्षति भने हुन नपाएको उपाध्यक्ष वलीले जानकारी दिए । अहिले ओराङ गाउँका करिब १२ घरपरिवार पहिरोको उच्च जोखिममा रहेको हुँदा अन्यत्र सार्ने काम भइरहेको वलीले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया