लुक्ला विमानस्थलमा पाँच दिनदेखि कार्गो ढुवानी अवरुद्ध
महेन्द्र शाही
सोलुखुम्बु, भदौ २४
सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिकामा रहेको तेन्जिङ हिलारी विमानस्थलमा पाँच दिनदेखि उडान प्रभावित भएको छ । निरन्तर रुपमा परिरहेको पानी तथा हुस्सुका कारण खुम्बु क्षेत्रको मौसम खराबी भएकाले उडान प्रभावित बनेको हो । केही दिन अघिसम्म बिहान १० बजेसम्म मौसम खुल्ने भए पनि अहिले दिनभरि नै मौसम धुम्म हुने गरेको बताइएको छ ।
निरन्तरको वर्षा र हुस्सुले उडान हुन नसकेको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दाहालले जानकारी दिए । मौसम प्रतिकूलताका कारण खुम्बु क्षेत्रमा हुँदै आएको कार्गो ढुवानी हुन नसकेको दाहालको भनाइ छ । अघिल्लो वर्षहरुमा दैनिक कम्तीमा ६० वटासम्म उडान हुने यो विमानस्थलमा अहिले भने दैनिक ४–५ वटा कार्गो ढुवानी मात्र हुने गरेको छ ।
अघिल्ला वर्षहरुमा दैनिक करिब एक हजारको हाराहारीमा आउने यात्रु अहिले शून्य रहेका छन । अहिले लुक्ला विमानस्थमा रामेछापको मन्थली र जिल्लाको फाप्लु विमानस्थलबाट कार्गो ढुवानी हुने गरेको छ । दैनिक रुपमा पाँच/छ वटा विमानले कार्गो ढुवानी गर्ने गरेका थिए । त्यो पनि रोकिएको दाहालको भनाइ छ ।
यसैगरी कोरोनाको प्रभावले खुम्बु क्षेत्रका होटल पसलहरु पनि अहिले सुनसान रहेको व्यापारीको भनाइ छ । यो वर्षको मुख्य सिजनमा समेत खुम्बु क्षेत्र सुनसान हुनपुगेको हो । लुक्लामा यो वर्ष व्यापार शून्य रहेको स्थानीय खगिन्द्रराज बास्तोलाले बताए । गाउँपालिकाको राजस्वमा समेत गिरावट आउने देखिएको छ । गाउँपालिकाले पनि पर्यटकबाट शुल्क लिने गरेको थियो । साथै समग्र देशलाई पनि राजस्व संकलनमा धक्का पुग्ने देखिएको छ । खुम्बु क्षेत्रको भ्रमण गर्ने तथा सगरमाथालगायत हिमाल आरोहणका लागि सरकाले राजस्व संकलन गर्ने गरेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया