नेपालमा महिला उद्यमशीलताको आवश्यकता, समस्या र सुझाव
गम्भीरबहादुर हाडा
उद्यमी शब्द वास्तवमा अंग्रेजीमा इन्टरप्रेनर फ्रान्सिसी भाषाबाट लिइएको हो । यस शब्दको मूल अर्थ हो, यस्तो आर्थिक नेता जो, नयाँ वस्तुहरू, नयाँ प्रविधि तथा पूर्तिको लागि स्रोतहरूलाई सफलतापूर्वक प्रचलित गरेर सुअवसर बनाउने योग्यता राख्दछ । जसले आवश्यक संयन्त्र तथा साधन, प्रविधि र श्रमशक्तिलाई एक ठाउँमा ल्याउँछ र जसले संगठित गरेर कारोबार चलाउने समेत क्षमता राख्दछन् ।
देशको आर्थिक तथा राजनीतिक प्रणाली जेसुकै होस् । तर आर्थिक विकासको लागि उद्यमी एकदमै आवश्यक छ, समाजवादी राज्यमा राज्य आफैं उद्यमकर्ता हुन्छ । तर नेपाल जस्तो अल्पविकसित देशहरूमा यही स्थिति रहन्छ, किनभने यस्ता देशहरूमा पनि निजी उद्यमकर्ताले जोखिम उठाउन संकोच गर्दछन् । जोखिम लिन संकोच मान्दछन् । जुन नयाँ उद्योगहरूसँग सम्बन्ध रहन्छ । उन्नत पुँजीवादी समाजहरूमा निजी उद्यमीहरूले नै समाजको विकासमा महत्वपूर्ण कार्य गर्दछ ।
सामान्यतया महिला उद्यमशीलता भन्नाले महिला उद्यमीहरूबाट गरिने व्यावसायिक प्रतिष्ठानको सञ्चालन, संगठन र स्थापनालाई बुझिन्छ । अथवा सुम्पिटरको उद्यमशीलता अवधारणाअनुसार महिला जसले नवप्रवर्तनद्वारा अथवा अन्य व्यवसायको नक्कल वा स्वीकार गरेर व्यवसाय सञ्चालन गर्दछ भने त्यस कार्यलाई महिला उद्यमशीलताको अर्थमा लिन सकिन्छ ।
त्यसैगरी स्कारब्रो तथा जिमररले महिला उद्यमीहरूलाई दुई वर्गमा विभाजन गरी आफ्ना विचारलाई अघि सारेका छन् । जस्तैः पहिलो पुस्ताका महिला उद्यमीहरू, दोस्रो पुस्ताका महिला उद्यमीहरू, उनीहरूका विचारमा आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक सङ्कटका कारण बाध्य भएर उद्यमशीलतामा लागेका महिलाहरू पहिलो पुस्ताका उद्यमीहरू हुन् भने पुरुष सामान उही दक्षता, योग्यता र अपेक्षा लिएर उद्यम सञ्चालन गर्ने महिलाहरू दोस्रो पुस्ताका उद्यमीहरू हुन् । उनीहरूमा पुरुषसमान नै सीप, तालिम, शिक्षा, निपुणता तथा निर्णय क्षमता हुन्छ र उनीहरू पनि पुरुषहरूले चाहेजस्तै उद्यमबाट स्वतन्त्रता, उपलब्धि आवश्यकता र परिचय चाहन्छन् । त्यसैले वर्तमान विश्वमा दोस्रो पुस्ताकै महिला उद्यमीहरूको बाहुल्यता पाइन्छ । विकासशील राष्ट्रमा भने पहिलो पुस्ताका महिला उद्यमीहरूको संख्या अधिक भेटिएको छ ।
महिला उद्यमीहरू विशेष गरी नयाँ वा सञ्चालित कुनै व्यवसायको नक्कल नगर्ने हुन्छन् । त्यसैले उक्त उद्यमबाट कति फाइदा हुन सक्छ अथवा त्यसको सम्भावना कति छ, सम्भाव्य बजार तथा भविष्यमा देखा पर्नसक्ने समस्या आदि सम्पूर्ण कुराको बारेमा जानकारी दिने कार्य गर्दछन् । भनिन्छ, जति पुरुषले व्यवसायको बारेमा सोच्छ त्यति महिलाहरू पनि सोच्छन् अझ भनौँ थप कुरा बुझ्ने चाहनाले उनीहरू चुपो लागेर बस्दैनन् । महिला उद्यमीहरू पनि आत्मविश्वासी तथा निपूर्ण हुने भएकाले पुरुष समान जोखिम लिन तयार हुन्छन् । भविष्यमा देखा पर्ने अनिश्चितताको आजै पूर्वानुमान गरी त्यसबाट कसरी मुक्त हुन सकिन्छ भन्ने गृहकार्यमा लाग्दछन् । तर पनि केही मानिसहरूको भनाइ छ, पुरुष जोखिम लिन चाहनन्छ तर महिला जोखिम पञ्छाउन चाहने हुन्छन् ।
महिला उद्यमीहरू लक्ष्ययोन्मुख त हुन्छन् नै त्यसका अतिरिक्त उनीहरू परिमाणप्रति विशेष ध्यान राख्दछन् । यसका लागि विभिन्न व्यावसायिक एकाइहरूबीच कर्मचारी, कामदार आदिको सुपरिवेक्षण र उत्पादन प्रणालीको निरीक्षणमा बढी जोड दिन्छन् । हर्कोतर्फ संगठनलाई नेतृत्व दिने क्रममा सम्झने वा सम्झाउने कार्यमा पनि महिला उद्यमीहरू लागेका हुन्न् । यथपि महिला नेतृत्वलाई सहजरूपमा पुरुष प्रदान देशमा स्वीकार नगरिने अवस्थामा उचित वातावरणको सृजना गरी महिला पुरुषको विभेदीकरणलाई कम गर्ने प्रयास भने उसको व्यक्तिगत क्षमता र कुशलतामा निर्भर गर्दछ ।
यसका अतिरिक्त महिलाहरूले निम्ननिखित कार्यहरू पनि गर्दछन् ।
क) व्यवसाय र परिवारमा सन्तुलन कायम गर्ने,
ख) परिवार संस्थागत सहयोग प्राप्त गर्ने
ग) वित्त, साधन र समग्र कम्पनीको संगठन गर्ने
घ) विशेषज्ञबाट सुझाव लिने
ड.) आफ्नो र अरुको प्रयासबाट कामहरू गर्ने ।
महिला उद्यमीहरूले कुनै पनि उद्योग वा व्यवसाय स्थापना गर्नका लागि उसलाई विभिन्न स्रोत–साधनहरू तथा सुविधाहरूको आवश्यकता पर्दछ । साना उद्योगका लागि थोरै मात्र स्रोत–साधनहरूको आवश्यकता पर्दछ भन्भे ठूला उद्योगका लागि त्यतिकै मात्रामा स्रोत–साधनहरूको आवश्यता पर्दछ । त्यस्ता स्रोत–साधनहरू र सुविधाहरू सम्पूर्ण मात्रामा उद्यमीहरूले आफैँले मात्रै व्यवस्था गर्न सक्षम नहुन सक्दछन् । यस्तो अवस्थामा उनीहरूलाई सहयोग गर्नका लागि विभिन्न संघसंस्थाहरूको सहयोगको अति आवश्यकता पर्दछ यसरी ती विभिन्न संघसंस्थाहरूबाट प्राप्त हुने सहयोगलाई नै संस्थागत सहयोग भन्न सकिन्छ ।
महिला उद्यमशीलता विकासका लागि सर्वप्रथम आर्थिक तथा सामाजिक पूर्वाधारहरू निर्माण गरिनु पर्दछ । यातायात, सञ्चार, विद्युत्, उर्जा सुविधा, बजार विस्तार आदि आर्थिक पूर्वाधारहरू र विकासको लागि प्रतिकूल रहेका सामाजिक बाधा व्यवधानहरू हटेपछि मात्र उद्यमशीलता विकासको सम्भावना वृद्धि हुन्छ । यातायात, सञ्चार, वित्तीय संस्थाको विकास, विद्युत्, इन्धन, सिँचाइ आदिको सिर्जना तथा विकास गर्नु आर्थिक आधारशीला निर्माण गर्नु हो भने शिक्षा, स्वास्थ्य, आवास, प्रशिक्षण, कुशल प्रविधिको विकास आदिमा लगानी गर्नु सामाजिक आधारशला निर्माण गर्नु हो । विशेषतः यो कार्य गर्नमा सरकार तथा सरकारी नियकायहरू सहभागी हुन्छन् । यी आर्थिक तथा सामाजिक पूर्वाधारहरूले अर्थतन्त्रको विकासको गति अगाडि बढाउँदै लैजान्छ ।
नेपालमा उद्यमीहरूलाई संस्थागत सहयोग पु-याउन सरकारीस्तरबाटै विभिन्न व्यवस्थाहरू भएका छन् । विशेषगरी विभिन्न सरकारी निकायहरूले संस्थागत सहयोगले संस्थागत सहयोग पु-याउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । यस्ता सरकारी निकायहरू भन्नाले सरकार मातहतमा रहेका विभिन्न मन्त्रालय, विभागहरू र स्थानीय शाखा वा प्रशाखाहरूलाई बुझाउँदछ । यी निकायहरूले उद्योग व्यवसायसँग सम्बधित विभिन्न नीतिनियमहरू तर्जुमा गरेर उद्यमीहरूलाई सहयोग गर्दछन् ।
नेपाल सरकारअन्तर्गत उद्योग मन्त्रालयको व्यवस्था गरेको छ । यसले नेपालमा औद्योगिक विकासँग सम्बन्धित विभिन्न योजना, निर्णय अनुगमन एवं समन्वय गर्नेजस्ता कार्यहरू गर्दछ । यसका अतिरिक्त संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको सहयोगमा उद्यमशीलता विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दछ ।
उद्योग विभागः यो विभाग उद्योग मन्त्रालयअन्तर्गत पर्दछ । यसले मध्यम तथा ठूला उद्योगहरूका लागि कानुनी तथा नीतिगत व्यवस्थाहरू गर्दछ । नेपालको औद्योगिक विकास प्रक्रियालाई व्यवस्थि तगर्न प्रतिपादित ऐन, नियम एवं नीतिहरूको कार्यान्वयन गर्ने निकायको रूपमा उद्योग विभागले गर्ने विभिन्न कार्यहरू गर्दछ ।
घरेलु तथा साना उद्योगः यस विभागले घरेलु तथा साना उद्योगको विकासका लागि नीतिनियम बनाउने र त्यसको कार्यान्वयन गर्ने गर्दछ । यस विभागलको प्रमुख उद्येश्यहरू घरेलु तथा साना उद्यमशीलता विकास गर्ने, रोजगारीको अवसर प्रदान गर्ने, उद्योगलाई आावश्यक पर्ने प्रविधि परामर्श गर्ने, उद्यमीलाई सेवा, प्रेरणा तथा प्रोत्साहन गर्ने तथा देशको औद्योगिक विकासमा टेवा पु-याउने आदि रहेका छन् ।
कम्पनी रजिष्टारको कार्यालयः यस कार्यालयले नेपालमा स्थापना गरिएका प्राइभेट र पब्लिक लिमिटेड कम्पनीहरूको गतिविधि तथा क्रियाकलापहरूमा एकरूपता कायम गर्न तथा अनुगमन र मूल्यांकन प्रक्रियालाई प्रभावकारी तुल्याउने गर्दछ । यस कार्यालयले कम्पनी दर्ता तथा कम्पनी प्रशासनसम्बन्धी कार्यहरू गर्दछ ।
नेपाल गुणस्तर तथा नापतौल विभागः यस विभागले सर्वसाधरण जनताको हितको लागि कुनै वस्तुको गुणस्तर निर्धारण गर्ने र त्यस्ता वस्तुहरूमा गुणस्तर प्रमाण चिह्न नेपाल गुणस्तर प्रदान गर्दछ ।
नेपाल पर्यटन बोर्डः यो बोर्ड नेपालको पर्यटन क्षेत्रमा कार्य गर्ने प्रमुख निकाय हो । यसको गठन सरकारी क्षेत्र तथा निजी क्षेत्रको साझेदारीमा भएको हो । यसले देशको पर्यटन प्रवर्द्धनको लागि काम गर्दछ । यसले देशमा पर्यटन उद्योगलाई बढावा दिन्छ ।
महिला उद्यमीहरूले मुख्यतः दुई प्रकारका समस्याहरू झेल्नुपर्ने हुन्छ । एउटा सामान्य समस्या जुन प्रत्येक उद्यमीहरूले झेल्नुपर्ने हुन्छ भने अर्को समस्या जुन महिला भएकै कारणले झेल्नुपर्ने हुन्छ । कुनै पनि उद्यमका लागि वित्तको ज्यादै महत्व छ । पुँजीबिनाको व्यवसाय कल्पना गर्न सकिँदैन । वित्तलाई व्यवसायको जीवनरक्त भनिन्छ । अतः व्यवसाय सुरु गर्न चाहिने यस्तो महत्वपूर्ण कुरामा महिलाहरूको पहुँच कम हुन्छ । उनीहरू वित्तको अभावमा व्यवसाय गर्न नपाउने हुन सक्छन् । आफ्नै निजी बचतबाट व्यवसाय चलाउनुपर्ने बाध्यता रहन्छ ।
बैंक तथा वित्तीय संस्थाहरूले पनि महिलाहरूलाई ऋण उपलब्ध गराउन कम कम मात्र प्राथमिकता दिएको पाइन्छ । अतः महिला उद्यमीहरूको प्रमुख समस्या वित्तको अभाव हो । महिला उद्यमीहरूले झेल्नुपर्ने अर्को समस्या कच्चा पदार्थको अभाव हो । विशेषतः साना उद्यमीहरूले कतिपय अवस्थामा थोरै मात्रामा कच्चा पदार्थ नपाइनु र पाए पनि चर्को मूल्य तिर्नुपर्ने हुन जान्छ, जसबाट उत्पादन लागत बढ्न गई उनीहरूको उत्पादनले सीमित बजार पनि गुमाउनुपर्ने हुन जान्छ । कडा प्रतिस्पर्धा पनि महिला उद्यमीहरूका प्रमुख समस्या नै हो ।
महिला उद्यमशीलता विकासको लागि सरकारी नीतिहरूमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा महिला रोजागरी वृद्धि गर्न सकारात्मक पहल गरिनेछ । शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रमा महिला रोजगारीलाई प्राथमिकता दिने नीति अपनाइनेछ । महिलाहरूलाई आफ्नो हक अधिकार तथा मानव अधिकारबारे सचेतना बढाउन आवश्यक आधारभूत तालिमलाई अभियानको रूपमा सञ्चालन गरिनेछ । महिलाको सम्पत्तिमा पहुँच न्यून भएको सन्दर्भमा सरकारीस्तरबाट वितरण गरिने स्रोतको बाँडफाँडमा महिलाहरूलाई समान र आवश्यकताअनुसार विशेष अधिार दिने नीति लिइनेछ । कार्यबोझ हुलुका गर्ने तथा समय बचत गराउने घरायसी तथा व्यावसायिक प्रविधिहरूमा महिलाहरूको पहुँच सुनिश्चित गर्ने नीति अवलम्बन गरिनेछ ।
दलित, जनजाति, अपाङ्ग र भौगोलिक तथा आर्थिक दृष्टिकोणबाट पछाडि परेका लक्षित महिलाहरूको सामाजिक तथा आर्थिक विकास गर्ने नीति अपनाइनेछ । महिलाहरूको आयआर्जन क्षमता अभिवृद्धि गर्न सानो, सुखी र गुणस्तरीय परिवार, स्थानीय प्राकृतिक स्रोतको समुचित उपयोग र स्रोत तथा वातावरण संरक्षण कार्यमा महिला सहभागितालाई जोड दिइनेछ । महिलाहरूको श्रम उत्पादकत्व बढाउन उपयुक्त प्रविधि विकासमा जोड दिइनुका साथै विकासका विविध कार्य क्षेत्रहरूलाई लैङ्गिक विभेदबाट मुक्त गरिनेछ । उद्योग क्षेत्रमा महिलाहरूलाई मूल प्रवाहीकरण गर्न उद्यमी नीति, श्रम ऐनजस्ता कानुनी प्रावधानहरूलाई संशोधन गरिनेछ ।
नेपालमा महिलाहरू घरको दायराभित्र सीमित भएर बस्नुपर्छ भन्ने धारणा क्रमशः लोप हुँदै गइरहेको छ । हाल महिलाहरू पुरुषसरह विभिन्न क्रियाकलापमा संलग्न हुन थालेका छन् । वर्तमान समयमा विकास प्रयत्नहरूमा महिला उद्यमीहरू एक अभिन्न अंग हुनुपर्छ भन्ने कुरामा एकमत पाइन्छ । विगतमा महिलाहरूलाई विकासको मूल प्रवाहमा ल्याउनको लागि ‘विकासमा महिला’ प्रारूप विकसित गरिएको थियो र महिलाहरूका मानवीय पुँजी विकासमा जोड दिइएको थियो । हाल ‘लिंग र विकास’ प्रारूप विकास गरिएको छ । जसले विकासमा महिला तथा पुरुष दुवैको भूमिकालाई स्थान दिन्छ । यस पहुँचले महिला सशक्तीकरणमा जोड दिएको छ ।
घरमा आधारित हस्तकला उद्यमहरूमा महिलाहरूले व्यवस्थापक, सुपरिवेक्षक, उद्यमी र दक्ष श्रमिकका रूपमा कार्य गर्दै आएका छन् । तर आयातीत वस्तुहरूका प्रतिस्पर्धा तथा संगठित औपचारिक क्षेत्रका उद्योगहरूले गर्दा घरमा आधारित उद्योगहरू विनाश हुँदै गइरहेका छन् । महिलाहरू नयाँ संगठित उद्योगहरूमा प्रवेश गर्न पनि सकिरहेका छैनन् किनकि संगठित उद्योगमा प्रवेश गर्न पर्याप्त पुँजी र उच्चस्तरीय शिक्षा र सीपको आवश्यकता पर्दछ ।
महिला उद्यमशीलता विकास कोष सञ्चालन कार्यविधि २०६९, पहिलो संशोधन २०७१ यस कार्यविधिको नाम महिला उद्यमशीलता विकास कोष सञ्चालन पहिलो संशोधन कार्यविधि २०७१ रहेको छ । यो कार्यविधि नेपाल सरकारवाट स्वीकृति भएको मितिबाट प्रारम्भ हुनेछ ।
कोषको स्थापना :-
१. महिला उद्यमशीलता विकास कोषको नामले एउटा कोषको स्थापना गरिएको छ ।
२. कोषमा देहायबमोजिमको रकम रहनेछ ।
क) नेपाल सरकारवाट प्राप्त रकम
ख) कोषको कर्जा प्रवाह तथा असुलीबाट प्राप्त हुने साँवा र ब्याजको रकम,
ग) कनै स्वदेशी व्याक्ति, सरकारी वा गैरसरकारी संस्थाबाट प्राप्त हने रकम,
घ) कनै विदेशी सरकार वा संस्था, अन्तराष्टिय संस्था वा निकाय वा व्याक्तिवाट अनदान, चन्दा सहयोग स्वरूप प्राप्त रकम
तर, विदेशी सरकार वा संस्था, अन्तर्राष्ट्रिय संस्था वा निकाय वा विदेशी व्याक्तिसँग आर्थिक स्रोत लिन अघि कोषले नेपाल सरकार अर्थ मन्त्रालयको स्वीकृति लिनपर्नेछ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया