Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारखुल्न थाले भारतीय कलकारखाना

खुल्न थाले भारतीय कलकारखाना


नयाँ दिल्ली, भदौ २४
लकडाउनका कारण ठप्पप्रायः भएका भारतीय कलकारखाना फेरि खुल्नथालेका छन् । भारतीय मिडियाहरुका अनुसार कलकारखाना खुल्नथालेसँगै ७० प्रतिशत काम हुनथालेको छ । स्वदेशी तथा प्रवासी मजदुर काममा फर्किएको नवभारत टाइम्सले जनाएको छ ।

यसले देशमा आर्थिक गतिविधि लयमा फर्किने विश्वास गरिएको छ । कोरोना महामारीका कारण देशैभर लकडाउन गरिएपछि कयौँ मजदुर गाउँ तथा आफ्नो देश फर्किएका थिए । तर उनीहरु पुनः काममा फर्किरहेका छन् । यद्यपि आपूर्ति शृंखला पहिलेजस्तो भने भइसकेको छैन । कच्चा पदार्थहरुको आपूर्तिमा भने समस्या भइरहेको छ ।

भारतीय राजधानी दिल्ली आसपासका औद्योगिक क्षेत्रमा पनि चहलपहल बढिरहेको बताइएको छ । कपडा, छपाइलगायतका विभिन्न क्षेत्रमा काम धमाधम हुनथालेका छन् । तर माग भने बढेको छैन । विशेषगरी प्याकेजिङ, इन्जिनियरिङ र खाद्यवस्तुसँग सम्बन्धित कलकारखानामा कामकाज धेरै बढेको छ ।

यी क्षेत्रमा कुल गरी ६० देखि ७० प्रतिशतसम्म काम भइरहेको बताइएको छ । भारतीय मिडियाहरुका अनुसार करिब ९५ प्रतिशत कालिगढ, कर्मचारी र मजदुर काममा फर्किएका छन् । अहिले पनि अमेरिका र युरोपबाट माग नआएको बताइएको छ । उत्तरप्रदेश, दिल्लीलगायतका राज्यमा औद्योगिक गतिविधि चलायमान बनिरहेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x