फेसबुकले बंगलादेशलाई भन्यो– ‘करसम्बन्धी कानुनको पूर्ण पालना गर्छौँ’
ढाका, भदौ २४
विश्वकै ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबुकले बंगलादेशको कर र मूल्यअभिवृद्धि करसम्बन्धी कानुन पूर्ण रुपमा पालना गर्ने भन्दै बंगलादेशी अधिकारीहरुलाई आश्वस्त पारेको छ । बंगलादेशी मिडियाहरुका अनुुसार फेसबुकको प्रतिनिधित्व गर्ने एक समूहले बंगलादेशी दूरसञ्चार नियमन आयोग (बीटीआरसी) सँग मासिक बैठक गर्न पनि सहमति जनाएको छ ।
यससम्बन्धी जानकारी दूरसञ्चारमन्त्री मुस्ताफा जबरले दिएका हुन् । उक्त समूहले नियामकीय पक्षलाई गम्भीर रुपले लिएर डिजिटल सुरक्षा ऐन २०१८ तथा कर तथा मूल्यअभिवृद्धि करसम्बन्धी ऐनको पालना गर्ने बताएको मन्त्री जबरले बताए । द डेली स्टार अनलाइनका अनुसार जबरले फेसबुकको सिंगापुरमा रहेको क्षेत्रीय मुख्यालयका अधिकारीसँग भर्चुअल बैठक गरेका थिए । सो क्रममा मन्त्री जबरले बंगलादेशको गम्भीर सूचनाहरु चुहावट हुन नदिन फेसबुकका अधिकारीहरुलाई अनुरोध गरेका थिए । त्यस्तै अश्लीलता र सामाजिक सांस्कृतिक मूल्य र मान्यताविपरीतका पोस्टहरुमा कडाइ गर्न उनले आग्रह गरेका थिए ।
गत अप्रिलमा फेसबुकले बंगलादेशमा फ्याक्ट चेक (तथ्य जाँच) कार्यक्रम नै सुरु गरेको थियो । यसले गलत सूचना प्रवाहमा अंकुश लाग्ने बताइएको छ । मन्त्री जबरले फेसबुकलाई बंगलादेशका लागि प्रतिनिधि तोक्न समेत आग्रह गरेका थिए । त्यसो गर्दा कम्पनीलाई बंगलादेशको राष्ट्रिय राजस्व बोर्डमा कर तिर्न सहज हुने उनले बताएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया