नेपाल बंगलादेश बैंकले कमायो एक अर्ब २४ करोड
काठमाडौं, भदौ २४
नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षमा एक अर्ब २४ करोड ४५ लाख ८० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक अर्ब ५८ करोड ७९ लाख ६० हजार रुपैयाँ खुुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी आठ अर्ब ४९ करोड ५८ लाख १४ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासमा ६६ अर्ब ४३ करोड ५० लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ९६ करोड ६५ लाख १७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुई अर्ब ८४ करोड ४७ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने वितरणयोग्य नाफा ४४ करोड ९१ लाख १४ हजार रुपैयाँ रहेको छ । बैंकले अघिल्लो आवको सोही अवधिमा भने ५६ अर्ब २२ करोड ८८ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब ५१ करोड ९१ लाख ९६ हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको छ । उक्त अवधिमा दुुई अर्ब ९० करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया