Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधितोपत्र बोर्डद्वारा सामूहिक लगानी कोषको संशोधित नियमावली लागू

धितोपत्र बोर्डद्वारा सामूहिक लगानी कोषको संशोधित नियमावली लागू


काठमाडौं, भदौ २५
नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोषको संशोधित नियमावली लागू गरेको छ । बोर्डका अनुसार बुधबारदेखि अर्थ मन्त्रालयबाट स्वीकृति भएको सामूहिक लगानी कोष (चौथो संशोधन) नियमावली, २०७७ लागू गरिएको हो । संशोधित कार्यविधिअनुसार योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाइ पुनर्खरिद गर्दा लिने शुल्क (एक्जिट फि) योजनाको आयमा लेखांकन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बोर्डका अनुसार यसअघि उक्त आयको लेखांकन योजना व्यवस्थापकले गर्ने गरेका थिए । विद्यमान व्यवस्थाले इकाइ धनी (लगानीकर्ता)को कोष मजबुत भई बढी प्रतिफल पाउन सहयोग पुग्नेछ । यसैगरी यो नियमावलीको नियम ४० को उपनियम (४) मा योजना व्यवस्थापक र योजनाको लेखा परीक्षकको नियुक्ति गर्दा बोर्डलाई जानकारी दिई नियुक्त गर्नसक्ने व्यवस्था गरिएको छ ।

बोर्डका अनुसार यसअघि बोर्डबाट स्वीकृति लिएर मात्र गर्न सकिने व्यवस्था रहेको थियो । यो व्यवस्था लागू भएसँगै खुलामुखी सामूहिक लगानी योजनाको आयमा वृद्धि भई लगानीकर्ताहरुको हित हुने अपेक्षा समेत गरेको बोर्डले जानाकरी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x