Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना संक्रमितको उपचार सोलुखुम्बुमै हुने

कोरोना संक्रमितको उपचार सोलुखुम्बुमै हुने


महेन्द्र शाही
सोलुखुम्बु, भदौ २५
हिमाली जिल्ला सोलुखुम्बुमै कोरोना संक्रमितको उपचार गरिने भएको छ । लक्षण नदेखिएको तर कोरोना पुष्टि भएकाहरूको जिल्ला अस्पताल फाप्लुको कोभिड १९ आइसोलेसन कक्षमा राखेर उपचार गरिने भएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिइन् । स्वाब संकलन गरी पठाइएका मध्ये कोरोना पुष्टि भएकी एक युवतीलाई अहिले सोही अस्पतालमा राखेर उपचार सुरु गरिएको उनको भनाइ छ ।

राष्ट्रिय वाणिज्य बैंक सल्लेरीमा कार्यरत २५ वर्षीया युवतीको अहिले जिल्ला अस्पताल फाप्लुमै उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलका अनुसार सोमबार युवतीको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनको अवस्था सामान्य रहेको र कुनै पनि लक्षण नदेखिएकाले रेफर नगरिएको अस्पतालले जनाएको छ । ती युवती भदौ ११ गते काठमाडौंबाट सोलुखुम्बु आएकी थिइन् । उनीसँगै स्वाब संकलन गरी पठाइएका अन्य ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म सोलुखुम्बुबाट स्वाब संकलन गरी पठाइएका तीन सय ६९ मध्ये आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि कोरोना पुष्टि भएकाहलाई धरान र विराटनगरको कोभिड अस्पतालमा पठाउनुपर्ने अवस्था रहेको थियो । पछिल्लो समय सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गाका लागि ओखलढुङ्गाको रुम्जाटारमा कोरोना अस्पताल निर्माण गरिएको छ । तर खोटाङको खोटाङ अस्पतालमा नै उपचार हुनेगरेको छ । जिल्लामा नै उपचार हुने भएपछि जिल्लाबाहिर पठाउनुपर्ने झन्झट हटेको छ । अब अवस्था गम्भीर भएका बिरामीलाई मात्र अन्यत्र पठाइने जिल्ला अस्पताल फाप्लुले जनाएको छ । जिल्लामा यसअघि कोरोना संक्रमण पुष्टि भएका सात जना निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x