Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाका कारण विश्वभर दुई करोड ७७ लाख संक्रमित

कोरोनाका कारण विश्वभर दुई करोड ७७ लाख संक्रमित


पेरिस, भदौ २५
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभर दुई पौने तीन करोड मानिस संक्रमित भएका छन् । अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबारसम्म दुई करोड ७७ लाख ५३ हजार दुई सय ४३ जना संक्रमित भएको विवरण सार्वजनिक भएको छ ।

कुल संक्रमितमध्ये नौ लाख दुई हजार एक सय आठ जनाको मृत्यु भएको छ भने अरु एक करोड ९८ लाख ४१ हजार एक सय ९६ जना संक्रमणमुक्त भइसकेका छन् । विश्वभर अहिले पनि ७० लाख नौ हजार नौ सय ३९ जना संक्रमित अवस्थामै रहेका छन । तीमध्ये ६० हजार तीन सय ९३ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसबाट प्रभावित हुनेहरुमा सबैभन्दा धेरै अमेरिकी नागरिक रहेका छन् । अमेरिकामा अहिलेसम्म ६५ लाख १४ हजार तीन सय ७६ जना संक्रमित भएका छन् भने एक लाख ९४ हजार ३७ जनाको मृत्यु भएको छ । त्यसैगरी दोस्रो धेरै संक्रमित हुनेमा भारत पुगेको छ । यसअघि लामो समय ब्राजिल दोस्रो धेरै संक्रमित भएकाहरुको सूचीमा रहेपनि अहिले भारतले ब्राजिललाई उछिनेको छ ।

पछिल्लो विवरणअनुसार भारतमा ४३ लाख ७४ हजार तीन सय १४ जना संक्रमित हुँदा ७३ हजार नौ सय ५३ जनाको मृत्यु भएको छ । त्यसैगरी तेस्रो धेरै संक्रमितहरु रहेको मुलुक ब्राजिलमा अहिलेसम्म ४१ लाख ६५ हजार एक सय २४ जना संक्रमित भएका छन् भने एक लाख २७ हजार पाँच सय १७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x