Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकाले चीनको सिन्जियाङबाट हुने मुख्य निर्यातमा रोक लगाउने

अमेरिकाले चीनको सिन्जियाङबाट हुने मुख्य निर्यातमा रोक लगाउने


वासिड.टन, भदौ २५
अमेरिकाले चिनियाँ सिन्जियाङ क्षेत्रबाट हुने मुख्य निर्यातमा प्रतिबन्ध लगाउने भएको छ । त्यहाँ मजदुरमाथि अत्याचार गरेको आरोप लगाउँदै अमेरिकाले उक्त निर्णय गरेको जनाइएको छ । प्रस्तावित प्रतिबन्धमा कटन र टोमाटो लगायतका वस्तुहरु पर्नेछन् । दुवै वस्तु चीनको मुख्य निर्यात वस्तु हो ।

ट्रम्प प्रशासनले सिन्जियाङको उइगुर मुस्लिममाथि अत्याचार गरेको भन्दै चीनमाथि दबाब दिँदै आएको छ । पछिल्लो कदम यसकै उपज हो । बितेका वर्षहरुमा चीनले सिन्जियाङमा सुरक्षा व्यवस्था कडा पारेको छ । चीनले पृथकतावादी र आतंककारी आक्रमण हुने भन्दै सुरक्षामा कडाइ गर्दै आएको छ ।

सिन्जियाङमा १० लाख मानिसहरुलाई चीनले जबर्जस्ती नियन्त्रणमा लिएको बताइने गरेको छ । अमेरिकाको भन्सार तथा सीमा संरक्षण (सीबीपी)ले शिपमेन्ट भइसकेका कयौँ शंकास्पद वस्तुहरुमा मजदुरलाई बाध्य पारी उत्पादन गरिएको आशंकामा रोक्नसक्ने गरी काम गरिरहेको बताइएको छ ।

चीनले विश्वको कुल कटनको २० प्रतिशत कटन सिन्जियाङबाटै उत्पादन गर्छ । उक्त क्षेत्र पेट्रोकेमिकल र अन्य सामान (जुन चिनियाँ कलकारखानालाई चाहिन्छ) उत्पादनको मुख्य स्रोत हो । गत हप्ता मात्रै अमेरिकी मनोरञ्जन कम्पनी डिस्नेले सिन्जियाङ प्रान्तमा फिल्म सुटिङ गरेको भन्दै आलोचना भएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x