Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमर्चेन्ट बैंकरका सीईओको योग्यता कार्यान्वयन गर्न निर्देशन

मर्चेन्ट बैंकरका सीईओको योग्यता कार्यान्वयन गर्न निर्देशन


काठमाडौं, भदौ २६
नेपाल धितोपत्र बोर्डले प्रभावकारीरुपमा परामर्श सेवा उपलब्ध गराउन मर्चेन्ट बैंकरलाई निर्देशन दिएको छ । बोर्डले मर्चेन्ट बैंकरहरुको नाउँमा परिपत्र जारी गर्दै संस्थागत परामर्श सेवा प्रदान गर्न अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरहरुको कार्य थप व्यवस्थित एवं प्रभावकारी रुपमा सञ्चालनका लागि आवश्यक जनशक्ति, कार्यस्थल, कार्यालय उपकरण, सेवा सञ्चालनका लागि आवश्यक नीति, विनियमावली तथा कार्यविधिलगायतका विषय समावेश गरी प्रभावकारी रुपमा सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

निर्देशनअनुसार कार्यस्थल व्यवस्था सम्बन्धमा बोर्डले भनेको छ, ‘मर्चेन्ट बैंकरहरुले आगन्तुक प्रतीक्षा, ग्राहक सेवा, स्टोर, सूचना प्रविधिसहित व्यवसाय सञ्चालनसम्बन्धी कार्य सञ्चालन गर्न छुट्टाछुट्टै कक्ष भएको कम्तीमा एक हजार वर्ग फिट क्षेत्रफल हुनुुपर्नेछ ।

यसैगरी कार्यालय भवन वा क्षेत्रफल भाडामा लिने भए कम्तीमा दुई वर्ष अवधिको बहालसम्बन्धी सम्झौता हुुनुपर्ने, सञ्चार साधनहरु टेलिफोन, फ्याक्ससहित इमेल÷इन्टरनेटको व्यवस्था भएको हुुनुपर्ने, सूचना प्रविधिमा आवश्यक कम्प्युटर सफ्टवेयर, सर्भर र हार्डवेयरको व्यवस्था गर्नुुपर्ने, कम्प्युटर÷ल्यापटप, जनशक्ति व्यवस्थाअनुसार कम्प्युटर, प्रिन्टर, सीसीटीभी, पावर ब्याकअप, हाजिरी मेसिन हुुनुुपर्ने र कार्यालयको लागि आवश्यक पर्ने फर्निचर, फिक्सचर्स तथा अन्य कार्यालय सामग्री रहेको हुुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन पनि बोर्डले निर्देशन दिएको छ ।

प्रमुख कार्यकारी अधिकृतको योग्यता सम्बन्धमा पनि बोर्डले प्रष्टरुपमा व्याख्खा गर्दै अर्थशास्त्र वा वाणिज्य वा वित्त वा लेखा वा व्यवस्थापन वा वाणिज्य कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको हुुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । यसबाहेक उद्योग, वाणिज्य वा धितोपत्र बजार वा वित्तीय क्षेत्रमा लेखा वा वित्त वा वाणिज्य कानुन वा व्यवस्थापनसम्बन्धी कार्यमा कम्तीमा तीन वर्ष कार्य गरेको अनुभव भएको खण्डमा पनि प्रमुुख कार्यकारी अधिकृत हुुन कुुनै बाधा नपर्ने बोर्डले जनाएको छ ।

यसैगरी धितोपत्र व्यवसाय सञ्चालनसम्बन्धी परामर्श सेवाका लागि आवश्यक जनशक्ति सम्बन्धमा बोर्डले नीतिगत व्यवस्था गरेको छ । कार्य विभाजन तथा कार्य विवरणसहित देहायअनुसारको विभाग प्रमुख कम्तीमा वाणिज्य शास्त्र, अर्थशास्त्र, व्यवस्थापनमा स्नातकोत्तर गरेको, कम्तीमा कानुन विषयमा स्नातकोत्तर गरेको र चार्टर्ड एकाउन्टेन्सी वा फाइनान्सियल एनालिष्ट गरेको (यो योग्यता भएको व्यक्ति प्रमुख कार्यकारी अधिकृत भएको अवस्थामा अनिवार्य नहुने) व्यवस्था रहेको छ ।

बोर्डले अर्थशास्त्र वा वाणिज्य वा वित्त वा लेखा वा व्यवस्थापन वा कानुन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको एक जना अनुपालना (कम्प्लाइन्स) अधिकृत हुुनुुपर्ने, संस्थाबाट प्रदान गरिने परामर्श सेवाअनुसारको विज्ञ जनशक्तिका सम्बन्धमा, सम्पत्ति तथा दायित्व मूल्यांकनसम्बन्धी परामर्शका लागि चार्टर्ड एकाउन्टेन्सी वा फाइनान्सियल एनालिष्ट गरेको कम्तीमा एक जना कर्मचारी हुुनुपर्ने निर्देशन पनि बोर्डले दिएको छ ।

अचल सम्पत्ति मूल्यांकनसम्बन्धी परामर्शका लागि सम्बन्धित विषयमा इन्जिनियरिङमा स्नातक गरेको कम्तीमा एक जना कर्मचारी नियुक्त हुुनुपर्नेछ । भेञ्चर क्यापिटल वा प्राइभेट इक्विटी कोषसम्बन्धी परामर्शका लागि अर्थशास्त्र वा वाणिज्य वा वित्त वा लेखा वा व्यवस्थापन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा फाइनान्सियल एनालिष्ट गरेको कम्तीमा एक जना कर्मचारी हुुनुपर्नेछ ।

बोर्डका अनुसार उपर्युक्तअनुसारको कर्मचारी करारमा नियुक्ति गर्ने वा आउटसोर्स गर्ने भए सोसम्बन्धी योग्यता खुल्ने कागजातसहित सम्झौता गर्नुपर्नेछ । यसैगरी बोर्डले परामर्श सेवासम्बन्धी नीति, विनियमावली र कार्यविधि व्यवस्थित गर्न पनि निर्देशन दिएको छ ।

यसको लागि परामर्श सेवाको कोष वा लागत रकमअनुसार परामर्श सेवा दिन स्वीकृति प्रदान गर्नसक्ने विभिन्न तहको अख्तियारी दिने, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीका लागि संस्थागत सुशासनसम्बन्धी आचारसंहिता वा कार्यविधिअन्तर्गत कर्मचारी सेवा, शर्त र सुविधासम्बन्धी विनियमावली तथा आर्थिक प्रशासनसम्बन्धी विनियमावली, परामर्श सेवासम्बन्धी शुल्क निर्धारण तथा सेवा सञ्चालनसम्बन्धी कार्यविधि, कार्यालय सञ्चालनका क्रममा आउनसक्ने सञ्चालन जोखिम, बजार जोखिम, ख्यातिसम्बन्धी जोेखिम तथा अन्य जोखिम न्यूनीकरणका लागि जोखिम पहिचान तथा व्यवस्थापन कार्यविधि कार्यान्वयनमा ल्याउन पनि बोर्डले निर्देशन दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x