Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार५५ लाख मानिसलाई रोजगारी दिन मोदीले ल्याए मत्स्य सम्पदा योजना

५५ लाख मानिसलाई रोजगारी दिन मोदीले ल्याए मत्स्य सम्पदा योजना


नयाँ दिल्ली, भदौ २६
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोबाइल एप इ–गोपालको शुभारम्भ गरेका छन् । यो एपले किसानलाई पशुधनको लागि इ–मार्केटप्लस उपलब्ध गराउनेछ । त्यस्तै मोदीले अत्याधुनिक सुविधा दिने वीर्य केन्द्रको पनि उद्घाटन गरेका छन् । यसमा ८४ करोड भारु लगानी गरिएको छ । यो केन्द्रको लागि विहार सरकारले ७५ एकड जमिन उपलब्ध गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उद्घाटनकै बीच मोदीले किसानहरुसँग पनि छलफल गरेका छन् । मुख्य गरी पशुधन र माछापालन क्षेत्रसँग यो छलफल केन्द्रित रहेको बताइएको छ । यो एक विकास योजना हो । यसले आत्मनिर्भर भारत प्याकेजका माध्यमबाट आर्थिक वर्ष २०२०/०२१ देखि २०२४–२०२५ सम्म सबै राज्यमा कार्यान्वयन हुनुपर्नेछ ।

भारतीय प्रधानमन्त्रीको कार्यालयले पीएमएमएसवाईअन्तर्गत हुने २ खर्ब भारु लगानी माछापालनमा हुनेमध्ये सबैभन्दा ठूलो लगानी भएको बताएको छ । यसमा लगभग १ खर्ब २३ अर्ब भारु समुद्री, अन्तर्देशीय माछापाल र जलीय कृषिमा लाभ केन्द्रित गतिविधिमा तथा ७७ अर्ब १० करोड भारुको लगानी माछापालनको तरिकाको लागि प्रस्ताव गरिएको छ । यो योजनाको उद्देश्य माछा उत्पादन ७० लाख टन बढाउने र २०२४/०२५ सम्म माछा निर्यातबाट १० खर्ब भारुसम्म पु-याउने रहेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x