Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबाँकेमा प्रजिअ र निजी क्षेत्रबीच निषेधाज्ञाको विषयमा विवाद

बाँकेमा प्रजिअ र निजी क्षेत्रबीच निषेधाज्ञाको विषयमा विवाद


बाँके, भदौ २८
निषेधाज्ञाका विषयमा बाँकेका सार्वजनिक रुपमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र निजी क्षेत्रबीच विवाद उत्पन्न भएको छ । कोभिड नियन्त्रण अभियानमा हालसम्म दुवै पक्षबीचको सहकार्य रहँदै आएकोमा अब भने उनीहरुबीच सार्वजनिकरुपमा तितो पोख्ने गरी टीकाटिप्पणी सुरु भएको छ ।

हरेक हप्ता शुक्रबार र शनिबार लागू गरिएको निषेधाज्ञाका विषयलाई लिएर पछिल्लो समय विवाद उत्पन्न भएको हो । निजी क्षेत्र मात्र नभई सर्वसाधारणले समेत हप्तामा दुई दिन गरिँदै आएको निषेधाज्ञाको औचित्यमाथि प्रश्न उठाएका छन् । तर यता हरेक दिनजसो ४० जना जति संक्रमित थपिएकाले निषेधाज्ञा गर्नुको विकल्प नभएको प्रशासनको भनाइ छ ।

दुई दिन गरिएको निषेधाज्ञाका विषयमा भइरहेका टीकाटिप्प्णीका बीच बाँकेका सीडीओ कुरुम्वाङले सामाजिक सञ्जालमा जोखिम बढेका कारण निषेधाज्ञा नहट्ने स्पष्ट पारेका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघको बैठकले भने निषेधाज्ञा मात्र होइन असोज १ गतेबाट पूर्णरुपमा लकडाउन अन्त्य गर्नुपर्ने निर्णय गरेको छ । लामो समयदेखिको लकडाउनले सबै क्षेत्र तहसनहस भइरहेको भन्दै संघले अब लकडाउन अन्त्य गर्नुपर्ने माग गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x