अमेरिकाको बजेट घाटा ३० खर्ब डलर
वासिड.टन, भदौ २०
अमेरिकी बजेट घाटाले कीर्तिमान कायम गरेको छ । कोरोना महामारीका बेला विशाल आकारका राहत प्याकेज ल्याएसँगै बजेट घाटा ३० खर्ब अमेरिकी डलर पुगेको बताइएको छ ।
चालू आर्थिक वर्षमा अमेरिकी संघीय सरकारले ६० खर्बभन्दा बढी अमेरिकी डलर पहिलो ११ महिनामा नै खर्च गरेको छ । यसमा २० खर्ब डलर त कोरोना महामारीसँग सम्बन्धित राहत प्याकेज रहेको ट्रेजरी डिपार्टमेन्टले जनाएको छ । यसले करबाट संकलित ३० खर्ब डलरलाई उछिनेको छ । यो घाटा सन् २००९ को पूरै वर्षको तुलनामा दोब्बरभन्दा धेरै हो । उक्त समयमा वासिङटनले सन् २००८ को हाउजिङ वित्तीय संकटको सामना गर्नुपरेको थियो ।
महामारीअघि यो वर्ष अमेरिका १० खर्बभन्दा बढी घाटाको ट्र्याकमा थियो । तर भाइरस महामारीबाट अर्थतन्त्र जोगाउनेतिर लाग्दा बजेट घाटा आकाशिएको हो । अमेरिकी संसद्को बजेट कार्यालयले यही महिना वार्षिक बजेट घाटा ३३ खर्ब डलर पुग्ने अनुमान गरेको थियो । जुन वर्षगत तुलनामा तेब्बर बढी हो । अमेरिकी संघीय सरकारको आर्थिक वर्ष सेप्टेम्बरमा सकिन्छ । डिपार्टमेन्टले कुल अमेरिकी ऋण २६ खर्ब डलर पुग्ने अनुमान गरेको छ ।
अमेरिकी केन्द्रीय बैंकका प्रमुख जेरोमी पवेलले गत जुनमै अमेरिकाको खर्च दिगो नभएको बताएका थिए । अप्रिल–जुन अवधिमा अमेरिकी अर्थतन्त्रमा वार्षिक दरमा ३० प्रतिशतभन्दा बढीले संकुचित भएको थियो । अमेरिकामा कुलमध्ये २० प्रतिशत अर्थात् ३ करोड मानिसहरु बेरोजगारी लाभ लिने अवस्थामा रहेका छन् । यद्यपि महामारीका कारण बन्द व्यवसाय विस्तारै खुलिरहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया