Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो ए५३ सार्वजनिक गर्ने तयारी

ओप्पो ए५३ सार्वजनिक गर्ने तयारी


काठमाडौं, भदौ २९
ओप्पोले नेपालमा आफ्नो ए सिरिजका फोन्स अन्तर्गत ओप्पो ए५३ सार्वजनिक गर्ने तयारी गरेको छ । तीव्र र सहज कार्य प्रदर्शनीका लागि विशेष डिजाइन गरिएको ए५३ले प्रयोगकर्तालाई तीव्र सञ्चार र मनोरञ्जनमा पहुँच बनाउने सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ ।

९०एचजेड रिफ्रेश रेटसहितको ओप्पो ए५३ले ९० एचजेड नियो–डिस्प्लेमार्फत प्रयोगकर्तालाई अद्वितीय र सहज दृश्यानुभव प्रदान गर्छ । थ्रीडी–कभ्र्ड इरिडसेन्ट वेब डिजाइनसहितको ए५३ मा प्रयोगकर्तालाई निरन्तर प्रयोगमा सहजताका लागि पाँच हजार एमएएच क्षमताको व्याट्री १८वाट फास्ट चार्जसहित उपलब्ध छ ।

साथै यसमा रहेको क्वाल्कमको अत्याधुनिक ओक्टा–कोर प्रोसेसर र ओप्पोकै पहिलो -याम प्लस मेमोरी अप्टिमाइजेसनले समग्र तीव्र कार्यक्षमता प्रदर्शित गर्छ । ‘ओप्पोको ए सिरिजअन्तर्गतको वाचाअनुरुप, ए५३ले पनि प्रयोगकर्तालाई तीव्र र सहज मोबाइल अनुभव प्रदान गर्नेमा हामी विश्वस्त छौँ’, ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘यसमा रहेको ९०एचजेड नियो–डिस्प्लेले हाल फ्ल्यागशिप फोन्समा मात्र उपलब्ध सुविधाहरु पनि प्रयोगकर्ताहरुका लागि उपलब्ध गराएको छ ।

तिनका दैनिक सञ्चार तथा मनोरञ्जन लगायतका आवश्यकतालाई दृष्टिगत गर्दै यसमा लामो समयसम्म टिक्ने व्याट्री, तीव्र कार्य प्रदर्शनी क्षमता र सुदृढ प्रयोग अनुभव प्रदान गर्ने फिचरहरु उपलब्ध छन् ।’ साथै, ओप्पो ए५३मा रहेको सुपर पावर सेभिङ मोडले मात्र पाँच प्रतिशत व्याट्री बाँकी रहेको अवस्थामा समेत विभिन्न पावर सेभिङ उपायहरुमार्फत व्याट्री बचत गर्ने क्षमता राख्छ । त्यसैगरी स्लिप स्ट्यान्डबाई अप्टिमाइजेसनले रातको समयमा मात्र दुई प्रतिशत व्याट्री खपत गर्दै आठ घण्टासम्मको स्ट्याण्डबाई टाइम उपलब्ध गराउँछ ।

तीव्र कार्य क्षमताको सुनिश्चितताका लागि ए५३मा क्वाल्कमको स्न्यापड्रागन ओक्टा–कोर ४६० प्रोसेसरको व्यवस्था गरिएको छ । यसमा यूएफएस २.१मा आधारित चार जीबी एलपीडीडीआर४एक्स -याम स्टोरेज दिइएको छ । साथै यसमा रहेको थ्री–कार्ड स्लोटमार्फत प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार अतिरिक्त सञ्चय क्षमतालाई २५६जीबीसम्म बढाउन सक्ने सुविधापनि दिइएको छ । ओप्पो ए५३को ६.५ इञ्चको एचडी प्लस स्क्रिनमा कम्पनीले सिंगल पञ्च होल डिजाइन दिइएको छ ।

यसमा रहेको एआई ब्राइटनेसले प्रयोगकर्ताका पछिल्ला ब्राइटनेस प्रिफरेन्सका आधारमा फोनको व्याकलाइटलाई समायोजन गर्ने क्षमता राख्छ । प्रयोगकर्ताको अनुभवलाई नयाँ उचाई प्रदान गर्ने सोचका साथ ए५३मा कम्पनीले डि-याक २.० (स्टेट अफ आर्ट डिजिटल साउन्ड करेक्शन प्रविधि) सुसज्जित एक जोडी सुपर डुअल स्पिकर्स पनि उपलब्ध गराएको छ । यसले गेमिङ, संगीत तथा चलचित्र हेर्दा प्रयोगकर्तालाई थप विशिस्त अनुभव प्रदान गर्छ । फोन अनलक गर्ने कार्यलाई अझ सहज र स्टाइलिस्ट बनाउन फोनको व्याक कभरमा व्याक फिंगरप्रिन्ट सेन्सरको समायोजन गरिएको छ ।

१६एमपी फ्रन्ट क्यामेरा र इन्टेलिजेन्ट ब्युटिफिकेसन अल्गोरिथम्ससहितको ओप्पो ए५३ले प्रयोगकर्तालाई वातावरण, स्किन टोन वा प्रकाशको प्रकृतिको चिन्ता विना प्राकृतिक देखिने सेल्फी खिच्न सघाउँछ । साथै, यसमा फ्रन्ट क्यामेरा एआई ब्युटिफिकेशन, फ्रन्ट क्यामेरा स्मार्ट टच–अप र फ्रन्ट क्यामेरा कस्टमाइज्ड ब्युटिफिकेसन लगायत फिचर्सपनि दिइएको छ ।

ओप्पो ए५३को पछिल्तिर १३ एमपी मेन क्यामेरा र २ एमपी डेप्थ क्यामेरा सहितको १३एमपी एआई ट्रिपल क्यामेराको सेटअप दिइएको छ । यसमा रहेको २ एमपी माक्रो क्यामेरा मार्पmत प्रयोगकर्ताले ४ सीएमसम्म नजिकको वस्तुमा जुम गर्दै डिटेल्सलाई तस्बिरमा कैद गर्न सक्छन् । यो ट्रिपल क्यामेरा सेटअपलाई अझ सटिक र उपयोगी बनाउने सोचका साथ यसमा पोट्रेट बोके, ड्याजल कलर मोडका साथै एक दर्जनभन्दा बढी स्टाइलिस फिल्टर्स पनि उपलब्ध गरिएको छ । यिनको प्रयोग दैनिक फोटोग्राफ्स तथा भिडियोज्लाई अझ आकर्षक बनाउन सघाउँछ । यसमा म्यूजिक पार्टी, मल्टियुजर मोड, आइकन पुल डाउन गेस्चर, सिम्पल मोड लगायत सुविधा प्रदान गर्ने कलर ओएस ७.२ सञ्चालन प्रणाली उपलब्ध गरिएको छ ।

कम्पनीले ओप्पो ए५३लाई यही सेप्टेम्बर महिनाभित्र सार्वजनिक गर्ने योजना बनाएको छ । फोन फेन्सी ब्ल्यू र इलेक्ट्रिक ब्ल्याक गरी दुई भिन्न रंगमा उपलब्ध गरिने जानकारी दिइएको छ । फोनलाई ४जीबी मेमोरी र ६४जीबी सञ्चाय क्षमताका साथमा सार्वजनिक गरिने सम्भावना अधिक रहेको छ । फोनको मूल्यबारे भने तत्काल जानकारी दिइएको छैन ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x