सुबास बस्नेत
दोलखा, भदौ २९
भूकम्पले भत्काएको घरको पुनर्निर्माण भर्खरै सम्पन्न गरेर नयाँ घरमा बसाइ सरेका लापिलाङका थामी समुदायलाई पहिरोले फेरि बिल्लिबाठ बनाएको छ । घर माथिबाट झरेको पहिरोले यहाँका थामी सदुदायको घर मात्रै बगाएन, खेतबारीलाई पनि बगरमा परिणत गरिदिएको छ ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङका स्थानीय गणेश थामी गहभरि आँशु पार्दै भन्छन्, ‘भूकम्पले भत्काएको घर ऋणधन गरेर जसोतसो चिटिक्कको बनाएर बसेको थिएँ । पहिरोले बगाइदियो ।’ पहिरो खस्न लागेको थाहा पाएर ज्यान जोगाउन सफल भए पनि अन्य सामान भने जोगाउन नसकेको उनले बताए । उनि भन्छन्, ‘अहिले बिचल्ली भएको छ, बास बस्ने ठाउँ छैन । बारी पनि बगर बन्यो, लेदो बगिरहेको छ । दुःखका दिन कटाइरहेका छौं ।’
हाल यहाँका नौ थामी परिवार पहिरोभन्दा केही टाढाको स्कुलमा बसोबास गरिरहेका छन् । पहिरोले आफ्नो घर बगाएपछि ज्यान जोगाएको र बल्ल–बल्ल बालबालिका जोगाउन सफल भएकोमा खुसी लागेको बताउँछिन्, सरिता थामी । अहिले केहि सहयोगी निकायले दिएको चामलले पेट पालिरहेको उनीहरुको भनाइ छ । पहिरोमा नौ घर बगाएको छ भने ४० परिवार विस्थापित बनेका छन् । गणेश थामी, पुस्कर थामी, लालमान थामी, दिलबादुर थामी, सन्तकुमार थामी, सुजन थामी, लक्ष्मण थामी, अमर थामी र सरिता थामीको गरी ३२ जना अहिले घरबारविहीन बनेका छन् ।
‘घरमाथिको रानीवनको भीर सुरुमा सामान्य चर्किएको थियो तर अहिले हाम्रो यही भीरले सबै सकिदियो’, स्थानीय सुजन थामीले भने, ‘पहिरोले भूकम्पपछि निर्माण भएका नयाँ घर भत्काइदियो, नयाँ छानो बगाइदियो, लगाएको बाली पुरिदियो ।’ दैनिकजसो परिरहेको अविरल वर्षात्का कारण दैनिकजसो पहिरो खसिरहेको छ ।
स्थानीय सहदेव खड्काका अनुसार पानी नपरेको समयमा पनि सुख्खा पहिरो खस्दा यस वरपर नागरिकहरु समेत असुरक्षित रहेका छन् । हाल बसिरहेको विद्यालय देउराली प्राविमा पनि असुरक्षाको महसुस भइरहेको र यहाँ पनि पहिरो आउने डर भएको स्थानीय बुद्धिजीवी अर्जुन थामी बताउँछन् ।
गाउँपालिकाले रेडक्रस सोसाइटीको पहलमा एक एक थान त्रिपाल उपलब्ध गराएको छ । त्योबाहेक केही सहयोगी व्यक्तिहरुले चामल दाल दिए पनि अन्य दीर्घकालीन योजना समेत नबनाएको थामी समुदायको गुनासो छ । स्थानीय अर्जुन थामी भन्छन्, ‘स्थानीय सरकार, वडा अध्यक्षले पहिरो पीडितहरुको व्यवस्थापन कसरी गर्ने भन्नेसम्म चासो देखाएका छैनन् । यसरी नागरिकको हित कसरी हुन्छ ?’
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया