मेट लाइफका ग्राहकले घरमै बसी मोबाइलबाट विभिन्न सेवाहरू पाउने
काठमाडौं, भदौ ३०
मेट लाइफका ग्राहकहरूले घरमा नै बसेर मोबाइलबाट विभिन्न सेवाहरू उपयोग गर्न पाउने भएका छन् । कम्पनीले ग्राहकहरूमाझ बीमासम्बन्धी सेवा र सुविधालाई थप सजिलोसँग पहुँच बढाउन र आफ्नो बीमा पोलिसी व्यवस्थापन गर्न नयाँ ग्राहक सेवा एप सञ्चालनमा ल्याएपछि ग्राहकहरूले यस्तो सेवा पाउने भएका हुुन् ।
कम्पनीका अनुसार नयाँ ग्राहक सेवा एपले ग्राहकहरूलाई घरमै बसी मोबाइलमार्फत मेट लाइफको विभिन्न सेवाहरूमा पँहुच बढाउनेछ । डिजिटल थिमअन्तर्गत सोमबार मेट लाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मलकाजी श्रेष्ठले मेटलाइफका कर्मचारीहरू र फिल्ड फोर्सहरूको उपस्थितिमा भर्चअल कार्यक्रममार्फत उक्त एपको अनावरण गरेका थिए ।
मेटलाइफ नेपालको ग्राहक सेवा एप दुवै आईओएस एप स्टोर र एन्ड्रोइडमा गुुगल प्लेस्टोरबाट निःशुल्क डाउनलोडको लागि उपलब्ध हुनेछ । एक पटक ग्राहकले सुरक्षित रूपमा एपलाई लगइन गरेपछि उनीहरूले आफ्नो बीमा पोलिसीको स्थिति, कुल प्रीमियम भुक्तान गरिएको र भुक्तानी गरिएको प्रीमियम किस्ता साथै उनीहरूको पोलिसीहरूको विस्तृत प्रिमियम भुक्तान विवरणजस्ता जानकारी हेर्न सक्नेछन् । । ग्राहकहरूले एपमा साइनअप गरी प्रिमियम तिर्न बाँकी रहेका मितिहरू र पूर्ण परिपक्वता सूचनाहरू समेत प्राप्त गर्न सक्नेछन् । मेटलाइफ नेपालको एपमा सम्पर्क विवरण र ग्राहक सहायताको लागि सोधपुछ फिचर्स पनि समावेश गरिएको छ ।
नयाँ बीमा पोलिसी लिन इच्छुक ग्राहकहरूले पनि यो एपलाई प्रयोग गरी मेटलाइफका विभिन्न बीमा उत्पादनहरूका विवरणहरू हेर्न सक्नेछन् साथै यदि कुनै सेवामा इच्छा भएमा आफ्नो जानकारी पेस गर्न सक्नेछन् । उपलब्ध विवरणको आधारमा मेट लाइफका प्रतिनिधिहरूले ग्राहकहरूलाई सम्पर्क गर्नेछन् । उक्त एपमा प्रिमियम क्याल्कुलेटर पनि समावेश गरिएको छ जसअन्तर्गत प्रयोगकर्ताहरूले उनीहरूको बीमा पोलिसी तथा योजनाहरूको सोधपुछ गर्नसक्ने कम्पनीले जनाएको छ ।
मेटलाइफका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मलकाजी श्रेष्ठले भने ‘मेटलाइफ नेपाल ग्राहकहरूका लागि आफ्नो डिजिटल क्षमता विस्तार गर्न प्रतिबद्ध रहेको छ ता कि उनीहरूले घरमा बसी कुनै पनि समयमा हाम्रा सेवाहरू प्रति पहुँच राख्न सक्नेछन् ।
महामारीको यस समयमा हामीले आफ्नो सेवा जारी गरिरहेको र यसैबीच ग्राहक सेवा एपलाई नेपालमा सुचारु गरेका छौँ, यस समाधानको साथ हामी हाम्रो ग्राहकहरूको जीवन अझ सरल र सजिलो बनाउन सक्षम हुनेछौँ । हाम्रा ग्राहकहरूको लागि डिजिटल अनुभव सुधार गर्न कार्य गरिरहने छौँ ता कि घरमै बसी ग्राहकहरूले हाम्रो सेवाहरूमा पहुँच राख्न सक्नेछन, उनले भनेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया