Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएकैदिन एक हजार पाँच सय ३९ जनामा कोरोना

एकैदिन एक हजार पाँच सय ३९ जनामा कोरोना


काठमाडौं, असोज १
बुधबार एकै दिन एक हजार पाँच सय ३९ मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार चार सय ९४ जनामा पीसीआर परीक्षण गर्दा उक्त संख्याका संक्रमित फेला परेका हुन् । हालसम्म आठ लाख ७२ हजार दुई सय ७४ जनामा कोरोना परीक्षण गरिएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबार कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ६८ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४१ हजार सात सय छ जना छ । संंस्थागत आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या आठ हजार छ सय ४१ रहेको छ भने होम हाइसोलेसनमा बस्नेको सङ्ख्या सात हजार सात सय एक जना छन् । क्वारेटिनमा रहेका व्यक्तिको सङ्ख्या सात हजार आठ सय २० छ ।

कोभिड–१९ मुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ । पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सिरहा, सुनसरी, मकवानपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही छन् । त्यस्तै शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, हुम्ला र मुगु रहेका छन् । बुधबार कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या आठ रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या तीन सय ७९ जना पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया