Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा स्थिर ब्याजदर कायम राख्न निर्देशन

राष्ट्र बैंकद्वारा स्थिर ब्याजदर कायम राख्न निर्देशन


काठमाडौं, असोज १
नेपाल राष्ट्र बैंकले स्थिर ब्याजदर कायम राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले बुुधबार सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंक, राष्ट्रिय तथा क्षेत्रीयस्तरका समेत गरी २० वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरु समेतको नाउँमा परिपत्र जारी गर्दै स्थिर ब्याजदरसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । राष्ट्र बैंकले उक्त परिपत्रमार्फत भनेको छ, ‘एकीकृत निर्देशिकाअनुसार कर्जा अवधिभर परिवर्तन नहुने गरी तोकिने स्थिर ब्याजदर असोज मसान्तभित्र निर्धारण तथा प्रकाशन गर्न निर्देशन दिइएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया