सोलुखुम्बुको भकाञ्जेमा उत्पादित चियाले बजार पाउन सकेन
महेन्द्र शाही
सोलुखुम्बु, असोज १
सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ भाकाञ्जेमा उत्पादन भएको चिया बिक्री नहुँदा कृषक चिन्तित बनेका छन । लकडाउनका कारण उत्पादित चिया बिक्री नहुदा समस्या भएको स्थानीय कृषक शम्भु तामाङले जानकारी दिए । आम्दानीको मुख्य स्रोत बन्दै गएको चियाको बिक्रीमा देखिएको समस्याले किसान थप चिन्तित बनेको उनीहरूको भनाइ छ । स्थानीयरूपमानै चिया उद्योग रहेकाले कुनै समस्या नभए पनि ढुवानी समस्याले चियाको रकम पाउन नसकिएको तामाङको भनाइ छ ।
विगत पाँच वर्षदेखि चिया खेती गरिरहेका कृषले कोरोनाकै कारण समस्या भोगेको बताएका छन् । फागुन महिनादेखि चियाको मुना टिप्न सुरु गरे पनि बिक्री नभएपछि समस्या भइरहेको सम्भु तामाङले जानकारी दिए । भाकाञ्जेका एक सय आठ घरका किसानले करिब सातदेखि ५९ रोपानी क्षेत्रफलमा चिया खेती गर्दै आएका छन् । कृषकले १५ दिनको समयावधिमा १० देखि १५ किलोग्रामसम्म चिया उत्पादन गर्दै आएको अर्का कृषक आङदावा शेर्पाले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया