ग्रीन डेभलपमेन्ट बैंकको नाफा बढ्यो
काठमाडौं, असोज १
ग्रीन डेभलपमेन्ट बैंकले खुुद मुनाफा बढेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा दुुई करोड १३ लाख तीन हजार सात सय ४९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक करोड १७ लाख पाँच हजार सात सय ५८ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा एक अर्ब ३० करोड २८ लाख २५ हजार चार सय ५८ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १४ करोड ४६ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड १६ लाख छ हजार रुपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर पाँच दशमलव २० प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा बैंकले एक अर्ब ७९ लाख ८३ हजार पाँच सय पाँच रुपैयाँ निक्षेप संकलन गरी ९७ करोड ३६ लाख ५७ हजार दुुई सय २३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ४२ लाख ६२ हजार एक सय ६४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तनि दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ३३ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया