Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंक र कन्टिनेन्टल ट्रेडिङबीच सम्झौता

एनआईसी एसिया बैंक र कन्टिनेन्टल ट्रेडिङबीच सम्झौता


काठमाडौं, असोज १
एनआईसी एसिया बैंक र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबीच सम्झौता भएको छ । नेपालमा किया ब्राण्डका सवारीको आधारिक विक्रेता रहेको कन्टिनेन्टल ट्रेडिङले बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने विषयमा सम्झौता गरेको हो । सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा कम्पनीको तर्फबाट सहायक निर्देशक आशिष पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चाात् ब्राण्डका कार बिक्री गर्दा कम्पनीले बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने र बैंकले केआईए ब्राण्डका उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्नेछ । बैंकले ल्याएको सुपर चामत्कारिक सवारी कर्जामा वार्षिक आठ दशमलव २५ प्रतिशत ब्याजदर तथा शून्य दशमलव २५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण कर्जामार्फत किया ब्राण्डका कारहरू ग्राहकहरूले खरिद गर्न सक्नेछन् ।

यसैगरी कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजद्वारा बिक्री गरिने किया ब्राण्डका कार खरिद गर्दा काठमाडौँं उपत्यकाका उपभोक्ताहरूले प्रशासनिक शुल्क भुक्तानी गर्न नपर्ने आकर्षक सुविधा रहेको छ । यो सुविधा रातो प्लेटका निजी तथा व्यावसायिक प्रयोजनको लागि सवारी खरिद गर्न चाहने ग्राहकहरूले लिन सक्नेछन् ।

बैंकले उक्त चामत्कारिक सवारी कर्जामार्फत ग्राहकलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको छ । यस सुपर चामत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम दुई करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ र बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यावसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी भएको छ ।

यससँगै सवारी धितो राखेको हकमा आठ वर्षसम्म र सवारी तथा घरजग्गा दुवै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ । बैंकको ‘सुपर चामत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बीचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदरसम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्नेछ । एक वर्षपश्चात् बैंकले आठ दशमलव २५ प्रतिशत वा बेसरेट आठ दशमलव २५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया