बाँकेमा शुक्रबार र शनिबारको निषेधाज्ञा हटाइयो
बाँके, असोज १
केही हप्तादेखि बाँके जिल्लामा लगाइँदै आएको शुक्रबार र शनिबारको निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले जानकारी दिएका छन् । निषेधाज्ञा हटे पनि कोरोनाको जोखिम उत्तिकै रहेकोले स्वास्थ्य मापदण्डका पूरा विधि अपनाउन समेत उनले सबैलाई आग्रह गरेका छन् ।
बाँके जिल्लामा कोरोना संक्रमणको दरमा वृद्धि भएसँगै जिल्ला प्रशासनले बाँकेमा शुक्रबार र शनिबार गरी हप्ताको दुई दिनसम्म निषेधाज्ञा लगाउँदै आएको थियो । बाँकेमा अबदेखि लक्षणविनाका कोरोना संक्रमित र सामान्य लक्षणसहितका संक्रमित व्यक्ति होम आइसोलेसनमै बस्नुपर्ने भएको छ ।
बुधबार बाँके जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । कोभिड–१९ संक्रमण भएका तर लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितहरुलाई होम आइसोलेसनसम्बन्धी राष्ट्रिय निर्देशिकाले तोकेको मापदण्डबमोजिम सम्बन्धित पालिकाको स्वास्थ्य शाखाको संयोजकत्वमा नियमित अनुगमन र सुपरिवेक्षणमा रहने गरी होम आइसोलेसनमा राख्ने व्यवस्थासहितको निर्णय गरिएको निमित्त प्रजिअ प्याकुरेलले जानकारी दिए ।
त्यसैगरी, बैठकले संक्रमितको अक्सिजन लेभल मापन गर्नका लागि प्रत्येक स्थानीय तहले स्वास्थ्य शाखामा पर्याप्त संख्यामा पल्स अक्सिमिटरको व्यवस्था गर्नुपर्ने निर्णय पनि गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया