१० हजार स्थानमा निःशुल्क वाइफाइ
काठमाडौं, असोज १
वर्ल्डलिंक कम्प्युनिकेसन्स लिमिटेडले देशका विभिन्न दश हजार स्थानमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराइरहेको जनाएको छ । कम्पनीको स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा उक्त जानकारी गराइएको हो ।
यसबाहेक मानव सेवा आश्रमका २० वटा कार्यालयमा समेत कम्पनीले निःशुल्क इन्टरनेट दिँदै आएको वर्ल्डलिंकका निर्देशक विजय जलानले जानकारी दिए । साथै कम्पनीले महावीर पुनको ग्रामीण वायरलेस परियोजनामा समेत सहयोग पु¥याउँदै आएको छ । उनले भने, ‘सँगसँगै विभिन्न विद्यालयहरुमा इन्टरनेटसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई समेत निरन्तरता दिएका छौँ ।’
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले अभावमा बाँचेका मानिसहरुका लागि वर्ल्डलिंकले महत्वपूर्ण अभिभावकत्व निर्वाह गरेको बताए । ‘देशभर रहेका २० वटा मानव सेवा आश्रममा आश्रय लिइरहेका ११ सय मानिसहरुका लागि वर्ल्डलिंकले आफ्नो सेवा सम्पूर्ण रुपमा निःशुल्क गरेको छ,’ उनले भने, ‘त्यसका लागि आश्रमको तर्फबाट वर्ल्डलिंकलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं ।’ कम्पनीले आश्रय लिइरहेका ११ सय मानिसहरुका लागि १० लाख रुपैयाँ बराबरको लत्ताकपडाको समेत व्यवस्था गरिदिएको छ ।
सन् १९९५ मा इमेल सेवासँगै सुरु भएको वर्ल्डलिंकको यात्राले मंगलबार २५औँ वसन्त पार गरेको हो । अध्ययनका लागि अमेरिकामा रहेका दिलिप अग्रवालले सन् १९९५ नेपालमा रहेका आफ्ना आमाबुबासँग इन्टरनेटमा जोडिने रहर पूरा गर्न सेवाको थालनी गरेका थिए । अहिले एफटीटीएच प्रविधिसहित वर्ल्डलिंकको इन्टरनेट सेवा देशका ७३ जिल्लामा विस्तार भइसकेको छ ।
नेपालमा प्रयोग हुने कुल इन्टरनेट ब्याण्डविथमध्ये ४३ प्रतिशत ब्याण्डविथ वर्ल्डलिंकबाट नै खपत भइरहेको कम्पनीको दाबी छ । कम्पनीका अध्यक्ष अग्रवालले हरेक तीन जना प्रयोगकर्तामा एक जना प्रयोगकर्ता वर्ल्डलिंकको हुनु आफ्ना लागि गर्वको विषय भएको बताए । कम्पनीले ३५ सयभन्दा बढी दक्ष कर्मचारीलाई रोजगारी समेत प्रदान गरिरहेको छ । कम्पनीले अहिले समग्र दूरसञ्चार क्षेत्रकै तेस्रो ठूलो कम्पनीको रुपमा स्थापित भइसकेको छ ।
वर्ल्डलिंक नेपाल सरकारलाई धेरै भ्याट तिर्ने दशौं तथा सूचना प्रविधि क्षेत्रबाट आयकरमा पहिलो ठूलो कम्पनी हो । हाल चार लाख घरायसीका साथै दश हजार कर्पोरेट तथा सरकारी ग्राहक छन् । सन् २०१४ मा सय करोड लगानी गर्ने योजनाका साथ सुरु गरिएको एफटीटीएच पूर्वाधारले कम्पनीलाई नयाँ उचाइमा पु-याएको हो ।
सन् २०१७ मा ग्रामीण दूरसञ्चार विकास परियोजना हात पारेको कम्पनीले २०१९ मा उक्त आयोजना सफलतापूर्वक सम्पन्न गरी कर्णालीजस्तो विकट क्षेत्रमा समेत आफ्नो इन्टरनेट सेवा दिँदै आएको जनएको छ ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले २०५४ सालमा अनुमतिपत्र जारी भएसँगै वल्र्डलिंकसँग प्राधिकरणको सम्बन्ध जोडिएको स्मरण गरे । ‘कर्णालीलाई विकासबाट सधैं पछाडि पारियो भन्ने आवाजलाई सम्बोधन गर्न लागि हामीले टेण्डर आह्वान गरेका थियौं,’ उनले भने, ‘त्यो परियोजना वर्ल्डलिंकले प्राप्त गरेर सफलतापूर्वक जिम्मेवारी पूरा गरेको छ ।
अन्य ठाउँबाट प्रयोगकर्ताको गुनासो आए पनि कर्णालीका प्रयोगकर्ताको गुनासो सुनिएको छैन ।’ फ्री वाइफाइ, सेफ्टी नेट, इन्टरनेट सेवामा पहिलो विदेशी लगानी भित्र्याएर वर्ल्डलिंकले छुट्टै पहिचान बनाएको भन्दै अध्यक्ष खनालले वर्ल्डलिंकको प्रशंसा गरे । हुम्लाको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले वल्र्डलिंककै कारण कर्णालीजस्तो ग्रामीण क्षेत्रका जनताले विदेशमा रहेका आफ्ना आफन्तसँग जोडिने मौका पाएको बताए ।
गुल्मीका सञ्जीव कक्षपतिले मोबाइल नेटवर्क नभएको स्थानमा समेत वल्र्डलिंकले इन्टरनेट सेवाको पहुँच उपलब्ध गराएकोमा खुसी व्यक्त गरे । भिडियो कन्फ्रेन्सबाट जोडिएका उनले भने, ‘हामी यस्तो विकट स्थानमा वायरलेस माध्यमबाट भए पनि इन्टरनेटको सेवा पाइरहेका छौँ ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- बढ्यो व्यक्तिगत आवास कर्जा एक वर्षमा तीन खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह
- अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरू सुधार्न अर्थमन्त्रीको निर्देशन
- उद्योगमा काटिएको विद्युत् जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
- राष्ट्रपति पौडेलले गरे विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन
- दक्षिण कोरियाको लागि इ७ भिसा तत्काल लागू नगर्ने
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया