भारतमा संक्रमितको संख्या ४९ लाख बढी, ७८ प्रतिशत निको भए
नयाँ दिल्ली, असोज १
भारतमा कोरानोभाइरसबाट संक्रमितहरुको संख्या झण्डै ४९ लाख नाघेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार आठ सय नौ जना थप संक्रमित भएका छन् । सोही अवधिमा एक हजार ५४ जना संक्रमितको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशभर अहिलेसम्म कुल संक्रमितको संख्या ४९ लाख ३० हजार दुई सय ३७ पुगेको छ भने कोरोनाकै कारण कुल मृतकको संख्या ८० हजार सात सय ७६ पुगेको छ ।
भारतमा कुल संक्रमितमध्ये नौ लाख ९० हजार ६१ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ३८ लाख ५९ हजार चार सय जना संक्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार संक्रमुक्त भएकाहरुको अनुपात ७८.२८ प्रतिशत रहेको छ ।
यो एकदमै सकारात्मक अवस्था रहेको सरकारी अधिकारीहरुको भनाइ छ । उनीहरुका अनुसार अहिलेपनि संक्रमित अवस्थामै रहेकाहरु मध्ये झण्डै आधा अर्थात ४८.८ प्रतिशत संक्रमितहरु महाराष्ट्र, कर्नाटक र आन्द्र प्रदेशमा मात्रै रहेका छन् । भारतमा दैनिक संक्रमितको अवस्था उच्च रहेको छ । केही दिन झण्डै एक लाख पुग्न लागेकोमा अहिले फेरी घटेको देखिएको हो । कोरोनाभाइसबाट संक्रमित भएकामध्ये भारतमा पछिल्लो २४ घण्टामा मात्रै ७९ हजार दुई सय ९२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया